बिहीबार २९ माघ, २०८२

नेपाली समय

सुन प्रतितोलमा रु सात सय बढ्यो

सुन प्रतितोलमा रु सात सय बढ्यो

काठमाडौँ, ६ असोज । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रु दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रु दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रु सात सय बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला रु दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।