मंगलबार २६ साउन, २०८३

नेपाली समय

सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो

सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो

काठमाडौँ, ५ असोज । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला रु दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला रु दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला रु दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।