कञ्चनपुर, २ असोज । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको खजुवा गाउँमा बाँसको ठुटोमा बसेको भद्राई चरा । रैथाने प्रजातीको यो चरा खेतवारी, झाडी र खुला वन तथा घाँसे मैदानमा पाइन्छ । वर्षातका बेला भने यो चरा चुरे फेदीका वन क्षेत्रमा बढी सक्रिय देखिन्छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरू