बुधबार ३० बैशाख, २०८३

नेपाली समय

जेन -जेडले जगाएको आशा

जेन -जेडले जगाएको आशा

हामी नेपाली जनताले धेरै दु:ख पायौँ ! कहिले राणाका नाममा कहिले राजाका नाममा त कहिले नेताका नाममा ! राणाहरू निरंकुश र जहानियाँ भए भनेर २००७ सालको आन्दोलनले प्रजातन्त्र ल्यायो । त्यो प्रजातन्त्र २०१७ सालमा प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले शासन सत्ता हातमा लिए त्यो शासन जनतामा पुन स्थापित गर्न ३० वर्ष कुर्न पर्यों र २०४७ को जनआन्दोलनले प्रजातन्त्र पुन स्थापित गर्‍यो । 

प्रजातन्त्र स्थापनाको पाँच वर्ष नपुग्दै २०५२ सालबाट देश माओवादीको सशस्त्र जनयुद्द होमियो ! यो दश वर्षे युद्दले १७ हजार नेपाल आमाका सपुतहरूले ज्यान गुमाउनु पर्यों । देशका खरबौंका भौतिक क्षतिहरू भए, भएका उद्योगधन्दा कलकारखाना बन्द हुँदै गए देशलाई चलाऊँ विदेशी दाताहरूसँग ऋण र सहयोग माग्नु पर्ने भयो । देशमा अशिक्षा, गरिबी, बेरोजगार युवाहरूको विदेश पलायन बढ्दै गयो त्यसै बेला राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते जनताको प्रजातन्त्रलाई हातमा लिएर शाहीशासन लागु गरे । राजाको त्यो शासन लागु गरेको १५ महिना नबित्दै सशस्त्र भूमि गत माओवादी सहित काँग्रेस, ऐमाले र अन्य दल मिलेर २०६२ चैत्र २३ बाट २०६३ वैशाख ११ सम्म १९ दिने जनआन्दोलन चल्यो जसमा २५ जना सहिद भए त्यै आन्दोलनको सफलताले जनताको प्रजातन्त्र पुन स्थापित भयो र २०६३ मा काँग्रेस,एमाले र माओवादी सहितको अन्तरिम सरकार गठन भयो त्यो सरकारले २०६४ चैत्र २८ गते पहिलो संविधान सभाको निर्वाचन गरायो माओवादी,काँग्रेस,एमाले क्रमशः ठुला पार्टी भए ।

पहिलो संविधान सभाले गणतन्त्र घोषणा गर्यों तर संविधान दिन सकेन अनि फेरि पहिलो संसद विघटन भएर खिलराज रेग्मीको अध्यक्षयतामा २०७० मङ्सिर ०४ गते दोस्रो संविधान सभाको चुनाव भयो त्यो चुनावमा काँग्रेस,एमाले,माओवादी क्रमशः पहिलो,दोस्रो र तेस्रो पार्टी भए र २०७२ असोज ३ मा वर्तमान संविधान जारी गरे । देशमा राजा फ्याक्यो, गणतन्त्र आयो,संविधान आयो तर जनताको जीवनमा केही परिवर्तन आएन नेपालमा जन्म लिँदै देशको लाखौँ रुपैयाँको ऋणको भार बोक्नु पर्ने ,देशमा छोटे राजाहरूको बिगबिगी भयो ।

पद, पैसा, पावरको लागि जस्तोसुकै गठबन्धन र सम्झौता हुने, भ्रष्टाचार झन्-झन् बढ्दै गयो । सबै मिलेर ल्याएको यो व्यवस्थामा पदमा नेताकै बुढी छोरा-छोरी भाइ-बुहारी ज्वाइँ सम्धी मात्र पाउने, सानो कामको लागि पनि सोर्स-फोर्स, घुस नदिई काम नहुने, युवाको वैदेशिक पलायनमा अध्ययनका नाममा१६/१७ वर्षका कलिला बालबालिकाहरूको पनि पलायन थपिंदा नेताहरूले नेपाल नै सकाउन लागे जस्तो भएको थियो बल्ल अब जेन-जेडको आन्दोलनले यो देशमा आसा जगाएको छ ।

नयाँ नेपाल संसारभरीका नेपालीले गर्भ गर्न सक्ने बनोस् हामी सबै नेपालीलाई हार्दिक शुभकामना !

 धन्यवाद

- मोहन बराइली 

    (गौरादह, झापा)

(प्रकाशित लेख: लेखकको निजी विचार हो। )