रौतहट, २५ भदौ । जिल्लाको सदरमुकाम गौरमा रहेका कारागारबाट मंगलवार राति फरार भएका कैदीबन्दीहरु मध्ये ६४ जनालाई संयुक्त सुरक्षा फौजले नियन्त्रणमा लिएका छन् ।
गौर कारागारमा विभिन्न अभियोगमा परी २९१ जना कैदीबन्दीहरु रहेका थिए । उनीहरू गएराति करिब ११ बजेको समयमा कारागारको पर्खालहरू फुटाएर भाग्न सफल भएका हुन् । फरार भएकाहरू मध्ये ६४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले नियन्त्रणमा लिई कारागारमा राखिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।अन्य २५७ जना कैदीबन्दीहरुको खोजी कार्य संयुक्त सुरक्षा फौजले गरिरहेको बताउदै प्रजिअ खडकाले अहिलेको असहज परिस्थितिलाई सहज बनाउने कार्य भइरहेको हुँदा आम मानिसहरु तोकिएको समय भित्र घरमै बस्न समेत आग्रह गरे ।
श्रोतका अनुसार गौर कारागारबाट भागेका भारतीय कैदीबन्दीहरु मध्ये १० देखि १२ जना सम्मलाई नेपाल भारत सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएका छन् । अवस्था साम्य भएपछि उनीहरूलाई एसएसबीबाट जिम्मा लिएर कारागारमा पठाउने बुझिएको हो ।