सोमबार २५ जेठ, २०८३

नेपाली समय

विहारी शैलीमा चुनावी प्रचार गरेर चुनाव जितेका सांसद विनोद चौधरीको सिजी स्न्याक्स प्रा.लि कम्पनीको काम अगाडी बढेन;  चुनावका सबै आश्वासन भूलेको स्थानीयको गुनासो

विहारी शैलीमा चुनावी प्रचार गरेर चुनाव जितेका सांसद विनोद चौधरीको सिजी स्न्याक्स प्रा.लि कम्पनीको काम अगाडी बढेन;  चुनावका सबै आश्वासन भूलेको स्थानीयको गुनासो

परासी, २३ भदौ । व्यापारमा मात्र होइन, राजनीतिमा समेत प्रवेश गरेका काँग्रेस सांसद तथा डलर अर्बपति व्यापारी विनोद चौधरीले चुनाव जित्नका लागि कुनै पनि हतकन्डा प्रयोग गर्न बाँकी राखेनन् । विहारी शैलीमा चुनावी प्रचार गरेर चुनाव जिते । चुनाव जित्नु जसरी पनि जित्नु उनको उद्देश्य  थियो । 

त्यसै अनुरूप त्यस क्षेत्रका मतदातालाई चौधरीले प्रभावमा पारेर चुनाव जिते सांसद भएपछि चुनावका सबै आश्वासन भुले । नवलपरासी निर्वाचन क्षेत्रका मतदाता फेरी ५ वर्षका लागि ठगिए । २०७९ को निर्वाचनमा पश्चिम नवलपरासी– १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले नेपाली काँग्रेस र माओवादीको गठबन्धनबाट चुनाव जित्न नवलपरासीका चुनावको समयमा पैसा बाँड्नेदेखिका सबै कामगर्न पछि परेनन् । 

चुनाव जित्नका लागि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई एउटै हेलिकप्टरमा ल्याएर बर्दघाटको चौपत्तामा भाषण गराए । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का मतदातालाई चुनावको समयमा धेरै आश्वासन दिए । उद्योग व्यवसाय खोल्ने, युवालाई रोजगारी दिने, उखुको समस्यालाई समाधान गर्ने, केराको चिप्स बनाउने उद्योग स्थापना गर्ने, वर्षौंदेखि विकासबाट पछाडि परेको उक्त क्षेत्रमा विकासको मूल फुटाउने लगायतका धेरै आश्वासन दिए तर चुनाव जितेर गएको वर्षौं हुँदा समेत चौधरीले एउटा पनि काम गरेनन् । 

सांसद चौधरीका खोक्रा चुनावी आश्वासन अहिले नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले सम्झिरहेका छन । चुनावमा भोट माग्ने क्रममा चौधरीले सुस्ता गाउँपालिका–३ श्रीनगरमा केरा प्रशोधन उद्योग खोल्ने र आकर्षक मूल्यमा त्यस क्षेत्रमा उत्पादित केरा आफूले किन्ने आश्वासन दिएका थिए । तर अहिलेसम्म सांसद चौधरीको ‘सिजी स्न्याक्स प्रा.लि’ दर्ता गरे तर उक्त कम्पनीको कुनै पनि काम अगाडी बढ्न सकेको छैन । किसानले लगाएका केरा पाकेर कुहेर झरेका छन । त्यस क्षेत्रका करिब साढे तीन हजार किसानले २१ सय बिघामा केरा खेती लगाएका छन । अहिले लगाएको केरा बोटमै पाकेर झर्न थालेको छ । केरा किसानले केराको मूल्य नपाउँदा समस्यामा परेका छन । बैकबाट लिएको ऋणको ब्याज समेत तिर्न पाएका छैनन् । 

किसानहरूले लगाएको केरा खरिदका लागि व्यापारी नगएपछि पाकेका केरा ट्याक्टरमा राखेर विक्रीका लागि परासी, बर्दघाट, सुनवल, रुपन्देहीको खैरेनी लगायतका बजारमा लग्दा समेत  ५० रुपैयाँ दर्जनमा विक्री  कठिन हुने गरेको किसानले बताएका छन । भारतीय केरा खुल्ला रूपमा नेपालमा भित्रिदा नेपाली किसानका केराले बजार पाउन नसकेको केरा उत्पादक समितिका अध्यक्ष लख्खु यादलले बताएका छन् । नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँ पालिकाका अधिकांश किसान  केरा र उखु खेतीमा निर्भर छन तर किसानले केरा र उखुको मूल्य नपाउँदा सधैँ समस्यामा पर्दै आएका छन ।

नेपाल सरकारले उखुमा दिँदै आएको गत वर्षको उखुको अनुदान रकम समेत उपलब्ध गराएको छैन । उखुमा दिँदै आएको ७० रुपैयाँ अनुदानमा समेत आर्थिक वर्ष २०८२ /०८३ को बजेट भाषणमा उखुमा दिँदै आएको प्रति क्विन्टल ७० रुपैयाँ अनुदान रकम  घटाएर ३५ रुपैयाँ बनाएपछि १३ जिल्लाका उखु किसानले काठमाडौ केन्द्रीय आन्दोलन  गर्दा समेत सरकारले वास्ता नगरेपछि उखु किसान भदौ २५ गतेदेखी अनिश्चितकालीन राजमार्ग अवरुद्ध गर्ने घोषणा गरी जिल्ला,जिल्ला फर्किएका छन् । नवलपरासी जिल्लाबाट ४२ जना उखु किसान गत भदौ ८ गते देखि काठमाडौँमा आन्दोलनमा गएका थिए । 

जिल्लाबाट गएका उखु किसानले जिल्लाका सांसद विनोद चौधरी काठमाडौँमा भएको उखु किसानको आन्दोलनमा समेतमा ऎकवद्धता जनाउन सम्म नगएको काठमाडौ गएका उखु किसानले बताएका छन् । सांसद चौधरीको निर्वाचन क्षेत्रबाट ४२ जना उखु किसान भदौ ८ देखि १४ गते सम्म माइतीघरमा आन्दोलन गर्दा जिल्लाका धेरै नेता गएर आन्दोलन प्रति ऎकवद्धता  जनाएको भए पनि सांसद चौधरी देखा नपरेको आन्दोलनमा गएका एक किसानले बताए । आफूहरूको आन्दोलनमा आफ्नै क्षेत्रका सांसद विनोद चौधरीलाई नदेखेको उखु उत्पादक महासङ्घ नेपालका प्रवक्ता तथा प्रतापुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए चुनावका वेला चौधरीको केरा खेतीमा लगानी गर्न त्यस क्षेत्रका किसानलाई उक्साएको त्यस क्षेत्रका किसानहरू वताउछन्  । आफूले चुनाव जितेपछि केराबाट चिप्स बनाउने उद्योग स्थापना गर्ने भएका कारण पनि केरा खेती गर्न चौधरीले किसानलाई उक्साएका थिए । तर चुनाव जितेर सांसद भएको ३ वर्ष हुँदा समेत उद्योग स्थापना गर्ने तर्फ सांसद चौधरीले कुनै काम गरेका छैनन्  । 

नेपाली काँग्रेसको टिकट ल्याएर चुनाव जितेका सांसद चौधरीले क्षेत्रको विकास त गरेनन् गरेनन्  नेपाली काँग्रेस नवलपरासीमा गुटको सृजना गराएर नेपाली काँग्रेसका महामन्त्री विक्रम खनाललाई चुनावमा असहयोग गरेको आरोपमा कारबाही गराउने जस्ता कामको थालनी सुरु गरे । नेपाली काँग्रेस नवलपरासी काँग्रेसमा गुट र उप गुटको झगडालाई  मलजल दिएर सांसद चौधरी जिल्लामा भाँडभैलो गराएको  आरोप उनलाई लागेको छ ।

२०६४ सालको पहिलो संविधान सभामा एमाले कोटाबाट समानुपातिक सांसद भएसँगै राजनीतिमा उदाएका चौधरी अहिले काँग्रेसमा छन् । ०७४ सालमा एमाले छोडेर काँग्रेस प्रवेश गरेका उनी फेरि समानुपातिक सांसद बने । मधेशी क्लस्टरअन्तर्गत लगातार समानुपातिक सूचीमा सुरक्षित रहँदै आएका सांसद चौधरी गत चुनावमा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ वाट प्रत्यक्ष चुनाव लडेर जितेका हुन् ।