शुक्रबार २९ जेठ, २०८३

नेपाली समय

राजु पाण्डे–रवि किरणबीच टेलिफोन संवाद: जेन्जी आन्दोलनका लागि महानगरको सहजीकरण

राजु पाण्डे–रवि किरणबीच टेलिफोन संवाद: जेन्जी आन्दोलनका लागि महानगरको सहजीकरण

काठमाडौँ, २२  भदौ । जेन्जी पुस्ताका नेता रवि किरण हमाल र काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेबीच अबेर बेलुका टेलिफोन संवाद भएको छ। पाण्डेले महानगरको तर्फबाट आन्दोलनका लागि दुईवटा घुम्ती शौचालय र पानीको व्यवस्था गरिएको जानकारी गराएका थिए। साथै उनले आफू काठमाडौँका मेयर बालेन शाहको तर्फबाट सम्पर्क गरेको स्पष्ट पारे।

भदौ २३ गते काठमाडौँमा हुने जेन्जी पुस्ताको आन्दोलनलाई लिएर राजनीतिक वृत्तमा निकै हलचल पैदा भएको बेला, आन्दोलनका अगुवासँग महानगरकै प्रमुखको तर्फबाट सम्पर्क हुनु र आवश्यक सहजीकरणको आश्वासन दिनुले राजनीतिक मोड अर्कै दिशामा जाने सङ्केत देखिएको विश्लेषण गरिएको छ।

टेलिफोन संवादपछि नेता हमालले भने, “सरकारका विरुद्ध लड्नेहरूलाई पनि सरकारले सुरक्षा दिनु र सहजीकरण गर्नु दायित्व हो, जुन उन्नत प्रजातान्त्रिक अभ्यास हो।” उनले महानगरलाई यस सहयोगका लागि धन्यवादसमेत दिएका छन्।