बिहीबार २९ माघ, २०८२

नेपाली समय

बिहानी कप फुटबल: युनाइटेडलाई पेनाल्टीमा हराउँदै सिद्धेश्वरले लग्यो उपाधि

बिहानी कप फुटबल: युनाइटेडलाई पेनाल्टीमा हराउँदै सिद्धेश्वरले लग्यो उपाधि

भोजपुर, २१ भदौ । भोजपुरको स्थानीय टुँडिखेलमा शनिवार सम्पन्न तेस्रो बिहानी कप अण्डर–१६ अन्तर विद्यालय स्तरीय तेस्रो बिहानी कप फुटबल प्रतियोगिताको उपाधि सिद्धेश्ववर मावि दाँवाले जितेको छ । 

सिद्धेश्वर मावि दाँवा र युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी बिच भएको फाइनल खेलमा निर्धारित ८० मिनेटको समयमा दुवै तर्फबाट एक एक गोल भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।  पेनाल्टीमा ५–४ गोलले युनाइटेडलाई पछि पार्दे सिद्धेश्वरले उपाधि सहित ४४ हजार चार सय ४५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे । यस्तै उपबिजेता बनेको एकाडेमीले २२ हजार दुई सय २३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । करिब चार लाखको लागतमा सञ्चालित प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूका लागि समेत पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्कैमैयुङ गाउँपालिका र पौवादुङमा गाउँपालिका भित्रका १५ विद्यालयहरूले सहभागिता जनाएका थिए । बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल सङ्घको संयोजनमा प्रतियोगिता गत भाद्र १७ गतेबाट सञ्चालन  भएको हो ।