बुधबार ०९ बैशाख, २०८३

नेपाली समय

जलवायु परिवर्तनको लागि वृक्षारोपण गर्न अति आवश्यक: लुम्बिनी प्रदेश बनमन्त्री कलवार

जलवायु परिवर्तनको लागि वृक्षारोपण गर्न अति आवश्यक: लुम्बिनी प्रदेश बनमन्त्री कलवार

परासी, १६ भदौ । लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवारले जलवायु परिवर्तनको लागि वृक्षारोपण गर्न अति आवश्यक रहेको बताएका छन । उनले खाली जग्गामा व्यापक वृक्षारोपण गरी जलवायु परिवर्तनको गर्न जरुरी रहेको बताए ।

सोमबार पश्चिम नवलपरासीमा बुद्ध शान्ति साझेदारी बन उपभोक्ता समूहको छैठौँ साधारण सभालाई सम्बोधन गदै मन्त्री कलवारले वृक्षारोपण गर्नेलाई निःशुल्क बिरुवाहरू प्रदेश सरकारले उपलब्ध गराउँदै आएको बताए । उनले भने सबै मिली वृक्षारोपण गर्न आजको आवश्यकता भएको बताए । प्रदेश सरकारले वृक्षारोपण गर्नको लागि सबै वडाहरूमा सचेतना फैलाई सबै नागरिकलाई सचेत गराई वृक्षारोपण जोडिने सरकारले लक्ष्य लिएको मन्त्री कलवारको भनाई थियो ।

प्रदेश सरकारले प्रदेश भरि २५ लाख खाली जग्गामा वृक्षारोपण गर्ने लक्ष्य साथ अगाडी बढेको बताए । बनमा सम्पत्ति छ बनलाई व्यवस्थापन छैन कर्मचारी राजनीतिक दल सबै मिली व्यवस्थापन गरी बन चलाए भने राम्रो आम्दानी गर्न सकिने मन्त्री कलवारले भनाई थियो । बुद्ध शान्ति साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष वीरेन्द्र प्रसाद चौधरीले तीन करोड बढीको काठ उत्पादन गर्ने गरेको र आधारमा झन्डै ५० लाख बढीको काठ उपभोक्ताहरूलाई उपलब्ध गराउँदै आएको  जानकारी दिए । 

उनको अनुसार पुन उत्पादन कटान अन्तर्गत ६ सय २५ वटा रुख कटान गरी २३ हजार नौ सय ४८ क्यूफिट र ७० चटा दाउरा तथा ८९ वटा रुख कटान गरी ६हजार ९३ क्यूफिट ४ चटा दाउरा उत्पादन भएको बताए । आर्थिक वर्षमा कटान भएका र पुरानो काठ गरी अहिले २ करोड १ लाख बराबरको काठ लिलामबाट बिक्री हुन लागेको छ ।

आर्थिक वर्ष २०८१र०८२ मा मात्र उपभोक्ता समूहले पुनरुत्पादन कटान अन्तरगत ७१४ रुख कटानबाट २९ हजार ५९१ क्विफिट काठ र ७४ चटा दाउरा सङ्कलन गरेको थियो । त्यसबाट १ करोड ६८ लाख १९ हजार रकम आम्दानी भएको अध्यक्ष चौधरीले जानकारी दिए । आर्थिक वर्ष २०८१। ०८२ मा कुल २ करोड २७ लाख ६३ हजार आर्थिक कारोबार भएको समूहले जनाएको छ । दुई वटा नगरपालिका र एक गाउँपालिकाका उपभोक्ताहरू अबद्ध रहेका छन । रामग्राम नगरपालिकाको वडा ६,९,१०,१४,१५,१६,१८र सुनवल नगरपालिकाको वडा नं.  २ ,८ र ९ तथा पाल्हीनन्दन गाउँपालिकाको वडा नं ४५र ६ गरी कुल १० हजार ६ सय २५ घरधुरी समूहमा अबद्ध रहेका छन । उक्त बन क्षेत्र १ हजार २सय ४ हेक्टरमा क्षेत्रफलमा फैलिएको समूहले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव,बन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, बन तथा वातावरण मन्त्रालयका निर्देशक प्रभात सापकोटा, डिभिजन बन कार्यालय नवलपरासीका डिभिजन बन अधिकृत राजु क्षेत्रीजनता समाजवादी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव,नेपाली काँग्रेस कार्यवाहक सभापति विक्रम यादव, दिपक गैरे लगायतले  सामुदायिक बन जोगाउन हामी सबै दायित्व भएको जोड दिएका थिए ।