सोमबार ०५ माघ, २०८२

नेपाली समय

प्रभु महालक्ष्मीको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम

प्रभु महालक्ष्मीको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम

भोजपुर, १४ भदौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स भोजपुरले अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा सहित कम्पनीका बीमा योजना, फाइदा सहित वार्षिक स्किम, मासिक स्कीमबारे कार्यक्रममा जानकारी सहित छलफल गरिएको हो ।

जिल्ला सदरमुकाममा शनिवार आयोजित कार्यक्रममा प्रदेश प्रमुख जगत नाथ फुयाँलले गत आर्थिक वर्षको समीक्षा सहित विवरण प्रस्तुत गर्नु भएको थियो । यस्तै गत आर्थिक वर्षमा भएका गतिविधि र अव यस आर्थिक वर्षमा अभिकर्तादेखि लिएर शाखाले गर्नु पर्ने कार्यहरूमा बारेमा पनि उहाँले सहभागीहरूलाई जानकारी गराउनु भएको थियो । प्रदेश प्रमुख फुयाँलले बिमाका विषयमा आफ्ना कुरा राख्दै आर्थिक स्वतन्त्रता र समृद्धिको लागि जीवन बिमा अभिकर्ता पेसा उत्कृष्ट भएको बताउँदै जोखिमका लागि समेत बिमा जरुरी रहेकोले जीवन बीमाका बारेमा बुझाउन सकिएमा नयाँ बीमाकर्ताको सङ्ख्यामा समेत वृद्धि हुने बताउनुभयो । 

गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्नु हुने अभिकर्ताहरूलाई कार्यक्रममा प्रदेश प्रमुख फुयाँल, शाखा प्रमुख सुमन श्रेष्ठले सम्मानपत्रबाट सम्मान गर्नु भयो भने अन्य विभिन्न स्किम पाउने अभिकर्ताहरूलाई पनि सो सामाग्रीहरू हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रदेश प्रमुख सहित अभिकर्ता, शाखाका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।