भोजपुर, १९ साउन । अहिलेका युवा पीढीको बढ्दो विदेश पलायनको सन्दर्भलाई समेटिएर बनाइएको म्युजिक भिडियो ‘विदेश पलायन’ सार्वजनिक भएको छ ।
भोजपुरको पूर्वी अरुण गाउँपालिका निवासी डिल्लीराम अधिकारीले चौथो प्रस्तुतीकारुपमा यो म्युजिक भिडियो बजारमा ल्याउनु भएको हो । युवाहरूले भोग्नुपरेको गरिबी र बेरोजगारीको समस्याले विदेश पलायन हुँदै गरेको कथाव्याथालाई समेटिएको गीतमा अधिकारीको शब्द तथा अभिनयमा मनिपाल राईको स्वर तथा सङ्गीतमा रहेको छ । भिडियोमा अधिकारी र मिना अधिकारीको अभिनय देख्न सकिन्छ ।
‘विदेश पलायन’ म्युजिक भिडियो एनपी म्युजिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । अधिकारीको यो भन्दा अगाडी पनि पहिलो ‘खाडीको लाहुरे’, दोश्रो ‘नर्कको मलामी’ र तेश्रो ‘ए सुन माया’ म्युजिक भिडियो बजारमा आई सकेको छ ।
भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ का पूर्ववडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहनु भएका अधिकारी पछिल्लो समयमा सांगीतिक यात्रामा व्यस्त हुनुहुन्छ ।
video link : https://youtu.be/q0ls-cPfdrE