बिहीबार २९ माघ, २०८२

नेपाली समय

भोजपुर बजारको लाखे दाँवामा

भोजपुर बजारको लाखे दाँवामा

भोजपुर, १७ साउन । नागपञ्चमीबाट सुरु लाखेजात्रा अन्तर्गत भोजपुर बजार लाखे समाजले शनिवार दाँवा बजारमा पुगेर लाखेनाच प्रदर्शनी गरेको छ । पहिलो पटक बजारको लाखे सदरमुकाम बाहिर पुर्‍याएर नचाइएको हो । 

परम्परागत संस्कार र संस्कृतिमा जुटेका युवाहरूले पहिलो पटक जिल्ला बाहिर लगेर लाखेनाच प्रदर्शनी गरेका हुन । सोक्रममा दाँवा पुगेको बजारको लाखे र सहभागीलाई सो क्षेत्रमा स्वागत सहित सम्मान समेत गरिएको भोजपुर लाखे समाजका सदस्य नवीन बुढाथोकीले जानकारी दिनुभयो । 

जिल्ला तहमा मात्र नभएर ग्रामीण क्षेत्रहरूमा पनि पुर्‍याएर लाखे नाच प्रदर्शनी गरिएको बुढाथोकीले बताउनुभयो । नेवा मंकाखल दाँवाले लाखे सहितको टोलीलाई स्वागत तथा सम्मान गरेको हो । लाखे समाजले जिल्लामा मात्र नभएर आगामी दिनमा परम्पराको जर्गेना गर्दे लाखेनाचलाई अन्य क्षेत्रमा पनि नचाउने तयारी गरेको छ ।