भोजपुर, १६ साउन । भोजपुर उद्योग वाणिज्य सङ्घ, शाखा कार्यालय घोडेटारको अध्यक्षमा हरिबहादुर श्रेष्ठ चयन हुनु भएको छ । ११औँ साधारणसभा तथा ५औँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ समिति बनेको हो ।
शुक्रबार भएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशनले प्रथम उपाध्यक्षमा सिताराम श्रेष्ठ, द्वितीय उपाध्यक्ष रमेश बस्नेत, महासचिव रबिन थापा, कोषाध्यक्ष युवराज राई, सचिव सुजन श्रेष्ठलाई चयन गरेको छ । शाखाको भवनमा भएको साधारण सभामा उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष बद्री कुमार श्रेष्ठ, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राई लगायतकाले आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्रका वक्ताहरूले व्यवसायी र उद्योगीहरूको हितमा सङ्घले काम गर्नु पर्ने धारणा राख्नु भएको थियो ।