शनिबार ०३ माघ, २०८२

नेपाली समय

प्रधानको ‘भोजपुर हाम्रो भोजपुर’ बोलको गीत सार्वजनिक

प्रधानको ‘भोजपुर हाम्रो भोजपुर’ बोलको गीत सार्वजनिक

भोजपुर, १६ साउन । भोजपुरका ९ वटै स्थानीय तहको परिचय, ऐतिहासिक, धार्मिक, सांस्कृतिक विशेषता समेटिएको ‘भोजपुर हाम्रो भोजपुर’ बोलको गीत सार्वजनिक भएको  छ । 

गीतकार कमला प्रधानले रचना गरेको गीतलाई गायक, सङ्गीतकार तथा एरेन्जर मनोज साङ्सोन राईले सङ्गीत भरेका हुन । उक्त गीतमा मनोज साङसोन, लिला राई खगेन्द्र थामी, टीका मगर, तारा नुमिहाङ, कला इशारा र रिजना राईले स्वर दिएका छन् । 

राजु कार्कीको मिक्सिङ रहेको यो गीत स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । पछिल्लो समय गीतकार कमला प्रधानको नियमित गीतहरू बजारमा आइरहेका छन् । यस अघि उनको शब्द रचना रहेको तारा टुटी झरे सरी, कुसुमेरुमाल, भोजपुर घोडेटार दावा मान्द्रे गाउँ, ए साइमा, सुनै सुन फल्छ, धकढकाई मनको धोका, कसम तिमीलाई, न पाउन सके तिम्रो साथ लगायतका गीत सार्वजनिक भईसकेका छन् । 

भोजपुर नगरपालिका वडा नम्बर ४, दाँवा निवासी गीतकार प्रधान राम्रो कवि पनि हुन् ।