बिहीबार ०१ माघ, २०८२

नेपाली समय

प्रहरीकै कार्यालयबाट चोरले चोरे विभिन्न सामग्रीहरू, प्रहरी मूकदर्शक

प्रहरीकै कार्यालयबाट चोरले चोरे विभिन्न सामग्रीहरू, प्रहरी मूकदर्शक

रौतहट, १५ साउन । जिल्लाको बौधिमाई नगरपालिकाको वडा नं ७ बंकुल वडा कार्यालयमा चोरी भएको छ। नगरपालिकाको वडा नं ७ ठुलो बंकुल जाने बाटो बम नहर सडक खण्डमा रहेको बंकुल वडा  कार्यालयको ताल्चा फुटाई चोरहरूले विद्युतीय हाजिरी मेसिनमा क्षति पुर्‍याउनुको साथै कनेक्सन काटी कार्यालय भित्रका विभिन्न सामग्रीहरू चोरी गरी लगेका छन् ।

चोरी भएको सामग्रीहरूमा इन्भर्टर १ थान, इन्भर्टरका ब्याट्री २ थान, चार्ज गर्ने चार्जरका साथै ९ वटा कुर्सी सहित फर्निचर र कार्यालय सञ्चालनका विभिन्न सामग्रीहरूमा क्षति पुर्‍याइएको वडा सचिव शिवचन्द्र प्रसाद साहले बताए। प्रहरी चौकी स्थित रहेको वडा कार्यालयमा चोरी हुनु दुर्भाग्यपूर्ण कुरा रहेको स्थानीयहरूको भनाई रहेको छ। साथै पालिकाको केन्द्र तथा कार्यालय भवन रहेको बंकुल बजार सरकारी कार्यालयमा चोरी हुनु  प्रहरी चौकी मूकदर्शक बन्नू आपत्ति जनक कुरा रहेको स्थानीयहरूले गुनासो गरेका छन् ।

वडाका सम्पूर्ण सेवाग्राही तथा सर्वसाधारणहरूको सेवाको रूपमा सञ्चालित वडा कार्यालय जहाँ दैनिक ५० औँ जनाले जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, विदेश जाने कागजात, मुचुल्का, नागरिकता सिफारिस लगायतका कार्य गर्ने यस्ता सरकारी कार्यालयको उपकरण नै चोरी गरी सेवाग्राहीलाई थप पीडा दिने कार्य राजनीतिक षड्यन्त्र बाहेक अरू केही नभएको वडा अध्यक्ष नरेन्द्र प्रसाद सिन्हाले बताए। आफु उपचारको क्रममा बाहिर रहेको बेला ष षड्यन्त्रकारीहरूले यस्तो कदम चालेको उनले बताए ।

यस विषयमा प्रहरी चौकी बंकुलका प्रहरी सहायक निरीक्षक सञ्जय सिंहसँग कुरा गर्दा वडा अध्यक्षले आफूलाई बुधवार बिहान करिब १० बजे फोन गरेर जानकारी दिएको तथा घटनाको टिपोट गर्न जाँदा करिब २/३ बजेको समयमा कार्यालय भन्दा उत्तर छेउ नहरको छेउमा  इन्भर्टर तथा इन्भर्टरका ब्याट्री फालिएको अवस्थामा फेला परेको बताए।