परासी, १५ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्यमा नागरिकहरुलाई स्वास्थ्य सेवा पहुँचमा पुर्याउनको लागि स्वास्थ्य सेवाको सुनिश्चित गरिएको बताएका छन । उनले प्रदेश सरकार स्वास्थ्य सेवा सुरक्षित गर्न अभियानमा लागेको बताए ।
आज पश्चिम नवलपरासीमा स्वास्थ्य कार्यालय नवलपरासीले भूमहीमा आयोजना गरेको समुदायस्तरमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी सम्बन्धी सरोकारवालाहरुसंग अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गदै मन्त्री सारुले स्वास्थ्य सेवालाई गुणस्तर सेवा प्रवाह गर्न र सबै स्वास्थ्य संस्था शुसन गर्न जरुरी रहेको बताए ।उनले सुशासन जवाफदेहीता र परदर्शाीता गुणस्तरीय सेवा प्रवाह गर्न प्रदेश सरकारको प्रमुख प्राथमिकता राखेको छ । मातृ मृत्युदर शिशु मृत्युदर तथा कुपोषण न्यूनीकरण गर्न तर्फ सरकार लागि परेको मन्त्री सारुको भनाई थियो ।
प्रदेश सरकार यो स्वास्थ्य विषयलाई गम्भीरता साथ लिए स्वास्थ्य क्षेत्रमा काम अगाडी बढाएको बताउँदै आर्थिक वर्ष २०८१।०८२मा स्वास्थ्य मन्त्रालयले ८८ प्रतिशत वित्तीय प्रगति गरेको बताए । स्वास्थ्य मन्त्रालयले महिलाहरूलाई पाठेघर अङ्ग खस्ने सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरी न्यूनीकरण तर्फ ध्यान दिइएको बताए । जिल्ला अस्पतालहरुमा नागरिकहरुलाई स्वास्थ्य सेवा गुणस्तरीय दिनको निम्ति बिशेज्ञ सेवा दिई रहेको मन्त्री सारुले बताए । नवलपरासी जिल्लमा समुदायस्तरमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी कार्यक्रम लागु भएको छ ।
प्रदेशको ३ जिल्लाहरूमा समुदायस्तरमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी कार्यक्रम सञ्चालनमा छ जसमा बाँके, पाल्पा र अर्घाखाँची संचलनमा रहेको छ भने नवलपरासी जिल्ला ४ वटा जिल्लाको रूपमा समुदायस्तरमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी कार्यक्रम लागु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिए । खोप पोषण मातृ स्वास्थ्य र मोबाइल स्वास्थ्य तथा परिवार स्वास्थ्य फाइल गरिने छ । गर्भाअवास्थ देखी २ वर्ष मुनिका बालबालिकाहरूको पोषण तथा स्वास्थ्य अवस्था पहिचान गरी समयमै उचित सेवा प्रदान गर्न मिलाउन कार्यहरू गरिने प्रमुख शाहीले जानकारी दिए ।प्रत्येक घरधुरी,परिवारका सदस्य गर्भवती र ५ बर्ष मुनिक बच्चाहरूलाई वास्तविक अवस्था जानकारी उपलब्ध गराउने,प्रत्येक बच्चा र गर्भवतीलाई दर्ता गरी स्वास्थ्य सेवा र समन्वय सुनिश्चित गर्न सामुदायिक स्वास्थ्य टुलकिटको प्रयोगमा र संस्थागत प्रसूती दर वृद्धि गर्न मदत गर्ने छ ।
प्रदेशको ३ जिल्लाहरूमा समुदायस्तरमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारीबारे मन बहादुर वली र परिवार स्वास्थ्य प्रोफाइल को प्रस्तुतीकरण पवन वैश्यले गरेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, सात वटा पालिका प्रमुखहरूले कार्यक्रमको प्रभाकारिताबारे धारण राखेका थिए । नवलपरासी जिल्ला ३ लाख ८६ हजार ६ सय ६८ जनसख्या रहेका छन ।