मंगलबार ०६ माघ, २०८२

नेपाली समय

भारतबाट ल्याउँदै गरेको कुखुरा सशस्त्र प्रहरीद्वारा बरामद गरी नष्ट

भारतबाट ल्याउँदै गरेको कुखुरा सशस्त्र प्रहरीद्वारा बरामद गरी नष्ट

रौतहट, १२ साउन । भारतबाट अवैध रूपमा भित्र्याइएको कुखुरा शस्त्र प्रहरी बल देवाहीले बरामद गरी नष्ट गरेको छ । शस्त्र प्रहरी बेसक्याम्प देवाहीबाट सई रामानन्द पुरीको कमान्डमा खटिएको टोलीले देवाही गोनाहीको वडा नं. ५ स्थित नरायण चौकबाट उक्त कुखुरा बरामद गरेको हो ।

पक्राउ परेका कुखुरा करिब १५ हजार मूल्य बराबरको कुखुरा बरामद पछि स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरूको रोहवरमा नष्ट गरिएको शस्त्र प्रहरी बेस क्याम्प देवाहीका सई रामानन्द पुरीले जनाए । शस्त्र प्रहरी बलले अवैध वस्तु तथा तस्करी नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा नियमित निगरानी गर्दै आएको बताइएको हो ।