भोजपुर, ११ साउन । जिल्लाको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा बृहत् बृक्षाराेपण गरिएको छ । शनिबार प्याउली बजार, अरुण आध्यात्मिक प्रतिष्ठान र सडक क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।




गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनीता ढकाल, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुख, स्थानीय सहितको उपस्थितिमा प्याउलीमा वृहत् वृक्षारोपण कार्यक्रम भएको अरुण आध्यात्मिक प्रतिष्ठानका महासचिव आचार्य साेमनाथ कोइरालाले बताउनुभयो ।

उक्त कार्यक्रममा सहभागी हुन सिडिओ पन्थी सहित जिल्ला सुरक्षा समितिका सदस्यहरू प्याउली पुगेको थियो । अरुण गाउँपालिका आह्वान र अरुण आध्यात्मिक प्रतिष्ठानको व्यवस्थापनमा उक्त वृहत् वृक्षारोपण कार्यक्रम भएको हो।

