बुधबार ०२ पुस, २०८२

नेपाली समय

विद्यार्थीको सहजताका लागि क्याम्पस परिसरमा बेन्च

विद्यार्थीको सहजताका लागि क्याम्पस परिसरमा बेन्च

भोजपुर, २६ असार । भोजपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूलाई बस्नका लागि सहजता बनाउन क्याम्पस परिसरमा फलामे बेन्चको व्यवस्था गरेको छ । स्वबियुले क्याम्पस परिसरमा छ थान फलामे बेन्चको व्यवस्थापन गरेको हो ।

विद्यार्थीहरू बस्न नपाउने बाध्यतालाई न्यूनीकरण गर्न बेन्चको व्यवस्थापन गरिएको स्वतन्त्र विद्यार्थी युनियन भोजपुर बहुमुखी क्याम्पस सभापति सोविन तामाङले बताउनुभयो । स्ववियुले बस्नका लागि बेन्चको व्यवस्थापन गरेपछि आफूहरूलाई पनि सहज भएको अध्ययनरत विद्यार्थीहरूको भनाई छ । विद्यार्थीको हकहितका लागि स्वबियुले गरेको कार्य प्रशंसायोग्य भएको प्राध्यापक रिन्जु शेर्पाले बताउनुभयो । आगामी दिनमा पनि स्वबियुले विद्यार्थी हकहितका लागि काम गर्नु पर्ने उहाँको धारणा छ ।

२०२२ सालमा स्थापित त्रिभुवन बिश्वबिद्यालयको आङ्गिक भोजपुर बहुमुखी क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय अन्तर्गतका कक्षाहरू सञ्चालनमा छन ।