सोमबार ०५ माघ, २०८२

नेपाली समय

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई

बागमती, २५ असार । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिईएको छ । 

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिनुभएको हो । 

मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) व्यक्तिगत कामको सिलसिलामा देश बाहिर जाने भएकाले मुख्यमत्री लामा फर्कि नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिईएको प्रदेश प्रमुख देवकोटाले जानकारी दिनुभयो । 

मुख्यमन्त्री लामा व्यक्तिगत कामको सिलसिलमा आजै बेलायत प्रस्थान गर्नुहुने उहाँको स्वकिय सचिव राजेन्द्र काफ्लेले जानकारी दिनुभयो ।