बिहीबार ०१ साउन, २०८२

नेपाली समय

विद्यालयका उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान

विद्यालयका उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान

भोजपुर, १६ असार ।  एसइई परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भएको भन्दै भोजपुरको पूर्वी अरूण गाउँपालिकामा रहेको  सगरमाथा माध्यमिक विद्यालय, सिक्रेटारका उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सोमबार सम्मान गरिएको छ ।  सम्मान कार्यक्रम वडा नम्बर ७ वडा कार्यालय सिक्रेटारको आयोजनामा  भएको हाे । 

 गाउँपालिका अध्यक्ष शालिकराम खत्रीकाे प्रमुख आतिथ्यमा भएको  कार्यक्रममा परीक्षामा सफल विद्यार्थीहरूलाई माला, खादा र टिका लगाई सम्मानपूर्वक बधाई तथा उत्प्रेरणा प्रदान गरिएको थियो भने शिक्षकलाई विद्यालयको गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्रबाट सम्मान  गरिएको थियो । कार्यक्रममा  पालिका उपाध्यक्ष बिनिता ढकाल, शिक्षा विकास निर्देशनालय धनकुटाका उपसचिव ईश्वरीप्रसाद ओझा,  प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, पूर्व वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिल्लीराम अधिकारी, गाउँ कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, प्रहरी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

एसईई परीक्षामा सहभागी हुने १० जना नै उत्तीर्ण  भएका थिए ।