बिहीबार ०१ साउन, २०८२

नेपाली समय

ईशनाथ नगरपालिकाका जनताले निगरानी बढाउनु आवश्यक

ईशनाथ नगरपालिकाका जनताले निगरानी बढाउनु आवश्यक

रौतहट, १५ असार । जिल्ला मै सबै भन्दा बढी गोप्य टेण्डर गर्ने पालिकाको रूपमा रहेको ईशनाथ नगरपालिकाका जनताले पालिकाको कामकाज उपर निगरानी बढाउनु आवश्यक रहेको देखिन्छ । अधिकांश गोप्य टेन्डरहरुमा मोटो रकम उठाइ फुल दर रेटमा टेन्डर कबुल गरेको समाचार श्रोतले जनाई राखेको बेला कतिपय योजनाहरू सञ्चालन रही अधुरो रहेको तर भुक्तानीको प्रक्रिया अगाडि समेत बढी सकेको जानकारी प्राप्त हुन आएको हो ।

त्यस्तै केही योजनाहरू यो मसान्तमा सम्पन्न हुन नसके पनि भुक्तानी दिन बार्गेनिङ भई रहेको समेत जानकारी प्राप्त भएको हुँदा जनता सचेत भएपछि मात्र यस किसिमका संस्थागत भ्रष्टाचारलाई निर्मूल पार्न सकिन्छ । यस किसिमको कार्यलाई रोक्न सबै भन्दा महत्त्वपूर्ण भूमिका इन्जिनियर र लेखापालको रहने गरेको तर वहाँहरू समेत प्रभावमा परि बिल बनाउने र भुक्तानी गर्ने गरेको हुँदा यस तर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण समेत हुनु जरुरी रहेको देखिन्छ ।