परासी, १५ असार । पश्चिम नवलपरासीमा २२ औँ धान दिवस तथा रोपाई महोत्सव २०८२ मनाइएको छ । धानको बालीमा सघनता ,खाद्य सुरक्षा र आत्मनिर्भरता नाराका साथ २२ औँ धान दिवस तथा रोपाई महोत्सवको रूपमा मनाइएको हो । कृषि ज्ञान केन्द्र परासी, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाई परियोजना रुपन्देही, परियोजना प्राविधिक एकाई नवलपरासी संयुक्त आयोजना तथा बुद्ध सिड कम्पनी प्रालीको व्यवस्थापनमा खेतमा रोपनी गरी धान दिवस तथा रोपाई महोत्सव मनाइएको थियो ।
यस दिनलाई किसानहरूले माना छरेर मूरी उब्जाउने दिनको रूपमा लिने गरेका छन । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलावरले किसानहरूलाई सिचाई व्यवस्थापन गर्न तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले धानको उत्पादन बढाउनको लागि सिंचाईको व्यवस्थापन र समयमा मल बिउ किसानहरूलाई र मिलाउन आवश्यक रहरेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले सरकारले समयमा बिउ मल पर्याप्त मात्र सिंचाईको व्यवस्थापन नगर्दा किसानहरू मर्कामा परेको बताए । उनले भने कृषि क्षेत्रमा किसानहरूलाई सहज रूपमा आवश्यक व्यवस्था गरी तिनै तहका सरकारको समन्वयमा उत्पादकत्व वृद्धि गर्नुतर्फ लाग्नुपर्ने आजको आवश्यकता रहेको बताए । कृषि ज्ञान केन्द्र परासी प्रमुख डा रबिन्द्रनाथ चौबेले २० हजार ४ सय ८० हेक्टर धान खेती हुँदै आएको जानकारी दिए । उनको रामग्राम नगरपालिका सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका बढी मात्र धान खेती हुँदै आएको बताए । उनको अनुसार यस वर्ष जिल्लामा ७० प्रतिशत धान रोपाई सकिएको जानकारी दिए ।
यस्तै प्रतिनिधि सभा सदस्य एव पूर्व कानून मन्त्रीको नेतृत्वमा रामग्रामको वडा नं. १ सहुवाटिकरमा २२ औँ धानको दिवसको अवसरमा धान रोपाई गरिएको छ । धान रोपाई असारे भाकामा लोकदोहोरी गाउँदै ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर नवलपरासीमा सुरक्षा निकाय,राजनीतिक दल सरकारी निकाय व्यक्तिहरूले धान रोपाई गरेका थिए ।
त्यस्तै नवलपरासीका सात वटा स्थानीय तहले धान रोपाई गरी २२ औँ धान दिवस मनाएका छन भने जनता समाजवादी पार्टी नवलपरासीले पनि धान रोपाई गरी धान दिवस मनाएको पार्टी अध्यक्ष धरेन्द्र यादवले जानकारी दिए कृषि आजको दिन दही चिउरा आँप खाई मनाउने गरिन्छ ।२०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।