परासी, ७ असार । पश्चिम नवलपरासीको सुनवलमा ॐ कारेश्वर राष्ट्र कल्याण विश्वशान्ति श्रावणी महामहोत्सव २०८२ सञ्चालन हुने भएको छ । सुनवल नगरपालिकाको वडा नं. १० स्थित खखरीबारीमा रहेको श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा ॐकारेश्वर राष्ट्र कल्याण विश्वशान्ति श्रावणी महामहोत्सव २०८२ सञ्चालन हुन लागेको हो ।
हरिहर ॐ कारेश्वर महादेव मन्दिर सेवा समितिले आज सुनवलमा पत्रकार सम्मेलन गरी ॐ कारेश्वर राष्ट्र कल्याण विश्वशान्ति श्रावणी महामहोत्सव २०८२ सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिर सेवा समितिको आयोजनमा श्रावण १ गतदेखि ३१ गतेसम्म ॐ कारेश्वर राष्ट्र कल्याण विश्वशान्ति श्रावणी महामहोत्सव सञ्चालन गर्न लागिएको ॐकारेश्वर राष्ट्र कल्याण विश्वशान्ति श्रावणी महामहोत्सव यज्ञ मुल व्यवस्थापान समितीका संयोजका बिष्णुप्रसाद पौडेलले जानकारी दिए । उनको अनुसार असार २८ गते मोटरसाइकल र्याली, श्रवाण १ गते विभिन्न भेषभुषा झाँकी बाजागाजा सहितको बृहत्तर शोभा कलशयात्रा र १ गते नै हेलिकप्टरबाट पुष्पवृष्टि तथा जलार्पण गर्ने कार्यक्रम रहेको बताए ।
श्रवण २ गतेदेखि ३१ गतेसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मडण्प पूजा दैनिक रुद्राभिषेक बेलपत्र अर्पण एव पूजा अर्चना र प्रत्येक दिन ११ः२० बजजेदेखी साँझ ६ बजेसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति प्राप्त काथबाचक एव बाचिकाहरुद्धखारा विभिन्न देवलीलामय सङ्गीतमय कथा प्रवचन हुने,साँझ ६ बजेदेखि ८ बजेसम्म दैनिक लक्ष्यवर्ती तथा तृरिया गांगा एव हरिहर ॐकारेश्वर महादेवको शृङ्गारिक महाआरती हुने संयोजक पौडेलले जानकारी दिए ।
त्यस्तै साँझ ८ बजेदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलारकारहरुद्धारा भजन कीर्तन विभिन्न प्रस्तुती, तथा श्रावण ३१ गते श्रीकृष्ण भगवनाको प्राकट्य उत्सव पूर्णहित गरी समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महामहोत्सवमा देशबिदेशका प्रखर कथाबाचक बाचिकाहरु आमान्त्र गरी नेपाल विदेशका हिन्दु धर्मवलम्बीहरुलाई अमृतमय प्रवचन ग्रहण गराउने तृरिया गांगाको दैनिक महाआरती हुने जेष्ठ नागरिकको सम्मान कन्यापूजन हुने सङ्कल्पकर्ता बालव्यास श्री श्रवण न्यौपाने बताए ।
उनको अनुसार सवाकरोड लक्ष्यवर्ती प्रज्वलन सवाकरोड पार्थिव शिवलिङ्गपूजन तथा सवाकरोड बेलपत्र अलर्पण गरीने तथा विश्वको सबैभन्दा कान्छो र कान्छी कथाबाचिक कथाकाचकको मुखरबिन्दुबाट प्रवचन हुने जानकारी दिए । महामहोत्सवमा १० लाख देखी २० लाखको भक्तजन सहभागिता हुने अनुमान गरिएको र १ करोड देखी डेढ करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।