२०८२ असार महिनाको मासिक राशिफल:
मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– २०८२ असार महिना मेष राशिका ब्यक्तिका लागि रोगबाट मुक्त, सरकारी काममा सुख आनन्द प्राप्त, राज्यपक्षबाट सम्मान, धन सम्पत्ति प्राप्त, मुद्दा मामिलामा विजयी, सरल तरीकाले पनि कार्य सफल हुनेछ । दाजुभाइबिच सम्बन्धमा सुधार, सरकारी क्षेत्रमा प्रवेश गर्नेहरूका लागि शुभ रहेको छ ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– २०८२ असार महिना वृष राशिका ब्यक्तिका लागि खराब मान्छेका कारण कार्यमा अवरोध, बेइज्जतको सामना गर्नु पर्नेछ । कार्यमा अवरोधका साथै भय डरत्रास उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नुका साथै चिडचिडाहट पन बढ्ने देखिन्छ । वादबिवादमा फस्न सकिनेछ सम्पूर्ण कार्यमा अवरोध हुनेछ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– २०८२ असार महिना मिथुन राशिका ब्यक्तिका लागि धनको नाश, मान सम्मानमा कमी, स्वास्थ्यमा रक्त विकार टाउनको सम्बन्धी समस्याले सताउने देखिन्छ । खानपिनमा सजगता अपनाउनु पर्नेछ । आँटेका सम्पूर्ण कार्यहरू अवरोध हुने देखिन्छ । आफन्त मित्रजनसँग वादविवादमा पर्न सक्नेछ ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– २०८२ असार महिना कर्कट राशिका ब्यक्तिका लागि घरदेखि टाढाको यात्रा गर्नु पर्ने देखिन्छ भने यात्रा प्राप्त भएता पनि यात्रा खर्चिलो हुनेछ । शिर सम्बन्धी समस्याले सताउने छ । आयमा अवरोध हुनुका साथै आय भन्दा आय भन्दा खर्च बढी हुनेछ । पेट सम्बन्धी समस्याले सताउने हुँदा खानपिनमा सजगता अपनाउनु पर्नेछ । अपमान भय त्रास सहनु पर्नेछ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– २०८२ असार महिना सिंह राशिका ब्यक्तिका लागि आर्थिक धन लाभ हुनेछ, स्वास्थ्यमा सुधार, परोपकारी कार्यमा संलग्न हुने अवसर प्राप्त होला । अध्ययनमा सफलता प्राप्त हुनेछ । रोकिएका धन प्राप्त हुनेछ । सत्य कर्मबाट धन लाभ हुनेछ । राज्यपक्षबाट कृपा प्राप्त हुनेछ । सरकारी क्षेत्रमा रहनेहरूलाई मान सम्मान इज्जत प्रतिष्ठा प्राप्त हुनेछ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– २०८२ असार महिना कन्या राशिका ब्यक्तिका लागि आफन्त ईष्टमित्र दाजुभाइहरू सित सुमधुर सम्बन्ध रहने छ । सरकारी क्षेत्रमा रहने वा प्रवेश गर्न चाहनेहरूलाई अति उपयुक्त सुखद समय रहनेछ । सामाजिक कार्य गर्नेहरूलाई इज्जत मान प्रतिष्ठा प्राप्त हुनेछ ।


तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– २०८२ असार महिना तुला राशिका ब्यक्तिका लागि झुटा आरोप लाग्न सक्ने, रोग, मनमा अशान्ति, खिन्न मन हुनेछ । आय भन्दा खर्च बढ्ने देखिन्छ । अपमान भय डरत्रास उत्पन्न हुने देखिन्छ । नयाँ कार्य गर्नु त्यति शुभ रहेको छैन । सम्पूर्ण कार्यमा अवरोध हुने देखिन्छ ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– २०८२ असार महिना वृश्चिक राशिका ब्यक्तिका लागि खराब कर्म गर्नतिर मन लाग्नेछ । झैं-झगडा वाद विवादमा फस्न सकिनेछ । शरीरमा पीडाको सामना गर्नु पर्ने देखिन्छ । खानपिनमा सजगता अपनाउनु पर्ने देखिन्छ । पेट सम्बन्धी समस्याले सताउने छ । झैं-झगडा वाद विवादमा फस्न सकिने अवस्था रहेको छ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– २०८२ असार महिना धनु राशिका ब्यक्तिका लागि दाम्पत्य जीवनमा खटपट तथा वैमनस्यता उत्पन्न हुनेछ । घर परिवारमा रोग शोकले सताउने देखिन्छ । टाढाको यात्रा प्राप्त भएता पनि यात्रा कठिन कष्टकारी खर्चिलो यात्रा हुनेछ । शीर सम्बन्धी समस्याले सताउनुका साथै धन मान सम्मानमा कमी हुनेछ ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– २०८२ असार महिना मकर राशिका ब्यक्तिका लागि कार्य सिद्धि सुख प्राप्त हुनेछ अन्न वस्त्र सम्बन्धी काम कारोबार गर्नेलाई लाभ रहेको छ । मुद्दा मामिलामा विजय प्राप्त हुनुका साथै शरीरमा उमङ्ग प्राप्त हुनेछ । अधिक लोभका कारण मान सम्मान इज्जत प्रतिष्ठामा कमीको महसुश हुनेछ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– २०८२ असार महिना कुम्भ राशिका ब्यक्तिका लागि मानसिक भ्रम तनाव उत्पन्न हुनेछ । वस्त्र सृङ्गारीक सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । राज्यपक्ष सित कुनै काम गर्दै हुनुहुन्छ भने कार्यमा अवरोध ढिलासुस्ती हुनेछ । टाढाको यात्रा गदैं हुनुहुन्छ भने यात्रामा दुर्घटना चोटपटक लाग्न सक्नेछ भने अध्ययनमा अलि मिहिनेत गर्नु पर्ने देखिन्छ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– २०८२ असार महिना मीन राशिका ब्यक्तिका लागि मानसिक तथा शारीरिक तनाव बढ्ने देखिन्छ । घर परिवारमा वादविवादमा पर्ने देखिन्छ । घर गृहस्थीको विवादले आर्थिक, पारिवारिक तनाव बढ्ने देखिन्छ । यात्रा प्राप्त भएता पनि यात्रा खर्चिलो हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट बढ्ने देखिन्छ ।
राशिफलले जे-जस्तो भनेता पनि तपाईँको असार महिना शुभ रहोस् !
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।
ज्यो. दुर्गा प्रसाद उपाध्याय
फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]
facebook : Durga Prasad Upadhayaya
TikTok: d.astologer