भोजपुर, ३० जेठ । भोजपुरका अग्रज पत्रकार निरोज कोइराला शुक्रवार दुई संस्थाबाट सम्मानित हुनु भएको छ ।लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुर र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड भोजपुरले २५ वर्षदेखि जिल्लामा रहेर पत्रकारिता क्षेत्रका साथै लघुवित्त वित्तीय संस्थाहरूको दिगो सञ्चालन, व्यवस्थापन र संस्थागत विकासमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दे कोइरालालाई छुट्टा छुट्टै सम्मानपत्र र खादाबाट सम्मान गरेको हो ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औं स्थापना दिवसको अवसर पारेर कोइरालालाई सम्मान गरिएको छ । लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष अर्जुन ढुङ्गाना र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा प्रमुख भोजराज खनालले एक कार्यक्रमकाबीच कोइरालालाई सम्मानपत्र प्रदान गर्नुभयो । भोजपुर नगरपालिका ८ पोखरे निवासी कोइरालाले राष्ट्रिय तथा स्थानीय स्तरका विभिन्न सञ्चार माध्यममा काम गरी सक्नु भएको छ ।
जिल्लाकै अग्रज पत्रकारकारुपमा कार्यरत कोइराला हाल राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, मकालु टेलिभिजन लगायतका सञ्चार माध्यममा आबद्ध हुनुहुन्छ ।