रौतहट, २६ जेठ । जिल्लाको देवाही गोनाही नगर पालिकाको सभाहलमा आयोजनामा "महिला स्वास्थ्य स्वयंसेविका स्तरीय अभिमुखीकरण कार्यक्रम" भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिवार पोषण लेखाजोखा पद्धति (MUAC) बारे मुख्य रूपमा प्रशिक्षक लालबाबु यादव स्पष्ट जानकारी गराउँदै, पोषण सम्बन्धी सेवा वितरणलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रह्यो। उनीहरूलाई पोषण, आहार विविधता, मातृ तथा शिशु स्वास्थ्य र परिवारमा पोषणको स्थिति मापन गर्ने विधिबारे व्यावहारिक तालिम दिइएको थियो।
MUAC पद्धति अन्तर्गत घर-घरमै पुगेर परिवारका सदस्यहरूको पोषण अवस्था अभिलेख राख्ने, जोखिममा रहेका समूहहरू (गर्भवती, सुत्केरी, बालबालिका) लाई पहिचान गर्ने र आवश्यक पोषण परामर्श तथा सहयोग प्रदान गर्ने विधिमा स्वयंसेविकालाई दक्ष बनाइएको हो।
कार्यक्रमको उद्घाटन गर्दै .स्वास्थ्य शाखा प्रमुख जग्गा रामले बताउँदै, “महिला स्वास्थ्य स्वयंसेविकाहरू हाम्रो समुदाय स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड हुन्। उनीहरूलाई MUAC जस्तो वैज्ञानिक पद्धति ढङ्गले प्रशिक्षक लालबाबु यादव सिकाउनु पोषण सुधारको दिशामा ठुलो पाइला हो।”
तालिममा सहभागी स्वयंसेविकाहरूले यस्तो कार्यक्रमबाट प्राप्त ज्ञानले समुदायमा स्वास्थ्य तथा पोषण सुधारमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यस कार्यक्रमलाई स्वास्थ्य कार्यालय/संस्था Unicef को सहयोगमा सञ्चालन गरिएको थियो।