आइतबार ०१ असार, २०८२

नेपाली समय

“पेसागत दक्षताका फोटो तथा भिडियो इडिटिङ जान्न जरुरी छ”

“पेसागत दक्षताका फोटो तथा भिडियो इडिटिङ जान्न जरुरी छ”

भोजपुर, २५ जेठ । पत्रकारहरूले पेसागत दक्षताका लागि पनि फोटो तथा भिडियो इडिटिङ सम्बन्धी ज्ञान जान्न जरुरी रहेको भोजपुरमा आयोजित तालिम समापनका वक्ताहरुले बताउनु भएको छ । 

घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले जिल्लामा क्रियाशील पत्रकारहरूको लागि आयोजना गरेको एक हप्ते फोटो तथा भिडियो इडिटिङ तालिम समापनका क्रममा सहभागी बत्ताहरुले तालिमले भविष्यमा सफल फोटो तथा भिडियोग्राफी बन्न र पेसागत दक्षतामा पनि मद्दत मिल्ने धारणा राख्नु भएको हो ।  जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले आधुनिक समयको माग अनुसार तालिम सञ्चालनबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तालिममा जानेको ज्ञानलाई पेसागत दक्षतामा प्रयोग गर्न सहभागी पत्रकारलाई आग्रह समेत गर्नुभयो । 

यस्तै आयोजक घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले पत्रकारको क्षमता विकासका लागि कार्यालयले तालिम सञ्चालन गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । प्रमुख ढकालले भन्नुभयो, “पत्रकारको सशक्तीकरण तथा क्षमता विकासमा पनि यो तालिमले सहयोगी भूमिका निर्वाह गरेको छ ।” तालिममा जिल्ला क्रियाशील १५ जना पत्रकारहरूको सहभागिता रहेको थियो । 

तालिमका प्रशिक्षक प्रतीक श्रेष्ठले सीप र क्षमता विकासको लागि सञ्चालन भएको तालिमले फोटो तथा भिडियो इडिटिङ सम्बन्धी थप ज्ञान पत्रकारले पाएको बताउनुभयो । प्रशिक्षक श्रेष्ठले फोटो तथा भिडियो खिच्नसँगै त्यसलाई राम्ररी इडिडिङ गर्न पनि दक्ष भइयो भने त्यसले पेसालाई थप मजबुत बनाउने बताउनुभयो । 

तालिमको समन्वयकर्ता सुम्निमा बहुप्राबिधिक शिक्षालयका प्रमुख राजिव कुमार ठाकुर, भोजपुर नगरपालिका ५ का वडाध्यक्ष फविन्द्र प्रधान, सामाजिक अभियन्ता मनोज खनाल लगायतले पत्रकारका लागि सञ्चालित तालिम प्रभावकारी भएको बताउनुभयो । गत जेठ १८ बाट सुरु तालिम आइतबार समापन भएको हो ।