आइतबार ०१ असार, २०८२

नेपाली समय

भोजपुरका पत्रकारलाई फोटो तथा भिडियो इडिटिङ तालिम

भोजपुरका पत्रकारलाई फोटो तथा भिडियो इडिटिङ तालिम

भोजपुर, २२ जेठ । फोटोग्राफी तथा भिडियो इडिटिगङका क्षेत्रमा सञ्चारकर्मीहरूलाई अझ दक्षता प्रदान गर्ने उद्देश्यले भोजपुरमा फोटोग्राफी तथा भिडियो इडिटिङ सम्बन्धी तालिम सञ्चालन गरिएको छ । 

घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत तालिम सुरु गरेको हो । तालिममा सुम्निमा बहुप्राबिधिक शिक्षालय भोजपुरसँग पनि सहकार्य गरिएको छ । सञ्चालित तालिममा जिल्लामा क्रियाशील १५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको छ । तालिममा फोटो र भिडियो खिच्ने तरिका देखि सम्पादनसम्मका विषयवस्तुहरू समावेश गरिएको छ ।

क्रियाशील सञ्चारकर्मीहरूका लागि सञ्चालित तालिमले अक्ष दक्षता प्रदान गर्ने प्रशिक्षक प्रतीक श्रेष्ठले बताउनुभयो । प्रशिक्षक श्रेष्ठले भन्नुभयो, “आधुनिक प्रविधिमा पत्रकारका लागि सञ्चालन गरिएको तालिम प्रभावकारी छ, यसले ब्यवसायीक बन्न थप मद्दत पुर्‍याउने छ ।”

आयोजक घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रमेश ढकालले सञ्चारकर्मीको माग अनुसार तालिम सञ्चालन गरिएको बताउनुभयो । प्रमुख ढकालले भन्नुभयो, “यो तालिमले उद्यमशीलतासँगै राष्ट्रको समृद्धिमा पनि टेवा पुग्ने बिश्वास राखेको छु, पत्रकारसँग समन्वय गर्दे आगामी दिनहरूमा पनि कार्यक्रम सञ्चालन गरिने छ ।” 

सञ्चालित तालिमले आफूहरूलाई आगामी दिनमा कार्य गर्न थप सहजता हुने सहभागी पत्रकारहरूको भनाई छ ।