भोजपुर, ९ जेठ । भोजपुर नगरपालिका वडा नम्बर ५, जोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई ट्रयाक सुट र झोला बितरण गरिएको छ ।
वडा कार्यालयको सहयोगमा ट्रयाक सुट र साल्ट ट्रेनिङ कर्पोरेशनको सहयोगमा झोला माविको प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरूलाई बितरण गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत बालबालिकाहरूलाई शिक्षामा पहुँच बढाउन सहयोग गरिएको वडाध्यक्ष प्रधानको भनाई रहेको छ ।
वडा समितिले चालु आर्थिक वर्षको बजेटबाट विद्यालयका ४० बालबालिकालाई झोला बितरण गरेको छ भने कर्पोरेशनले झोला सहयोग गरेको हो । बालबालिकाहरूलाई वडाध्यक्ष प्रधान, प्रधानाध्यापक लक्ष्मण जोशी र शिक्षकहरूले ट्रयाक सुट र झोला बितरण गर्नु भएको थियो ।
वडा र कर्पोरेशनको सहयोगले बालबालिकहरुमा समेत उत्साह देखिएको विद्यालयका प्रधानाध्यापक जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “दाताहरूबाट हुने यस्ता सहयोगले सामुदायिक विद्यालय प्रतिको मोह पनि बढ्छ ।”