आइतबार ०१ असार, २०८२

नेपाली समय

कृषि ज्ञान केन्द्र परासीद्वारा चार जना उत्कृष्ट कृषकलाई सम्मान

कृषि ज्ञान केन्द्र परासीद्वारा चार जना उत्कृष्ट कृषकलाई सम्मान

परासी, ९ जेठ । पश्चिम नवलपरासीमा चार जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र नवलपरासीले जिल्लाको कृषि विकासको क्षेत्र उल्लेखनीय योगदान पुर्याएको भन्दै चार जना उत्कृष्ट कृषकहरूलाई नगद सहित  सम्मान गरेको हो । 

कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०८१र०८२को वार्षिक स्वीकृत कार्यक्रम अनुसार चार जना उत्कृष्ट कृषकहरूलाई नगद दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा रबिन्द्रनाथ चौबले बताए ।

उनको अनुसार तीन जनालाई ५ हजार दरले नगदसहित दोसल्ला ओढाएर सम्मान पत्र गरिएको र एक जनालाई सर्वोत्तम उत्कृष्ट कृषकलाई रूपमा १० हजार नगदसहित दोसल्ला ओढाएर जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद रूदल यादवले  सम्मान पत्र गरेको चौबेले जानकारी दिए । 

सर्वोत्तम उत्कृष्ट बन्न सफल हुनुभएका  प्रतापपुर गाउँपालिकाको वडा नं. ५ कृषक रामजि सिंह क्षेत्री र पाल्हीनन्दन वडा ३का तारेन्द्र बर्मा, पाल्हीन्दन वडा ५ को बेचनप्रसाद मौर्य र सुनवल नगरपालिकाको वडा ५का कृषक  एकनारायण सुवेदीलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ ।

सम्मान गर्दै समन्वय प्रमुख यादवले कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेसालाई आगामी दिनमा थप निरन्तरता दिन सुझाव दिनुपर्नेमा जोड दिए  । 

त्यस्तै कृषि ज्ञान केन्द्रले स्थानीय तहुंग योजना गोष्ठी पनि गरेको छ । उनीहरूले वितरणमुखी भन्दा उत्पादन मुलकमा बजेट ल्याइनुपर्नेमा जोड दिएका थिए । किसानले उत्पादन गरेको बस्तुहरू बजारीकरण गर्न  मलको व्यवस्था मिलाउने खालको बजेट ल्याउन सुझाव दिए ।किसानहरूको माटो परीक्षण गरी व्यवस्थापन तर्फ ध्यान दिने कार्य तर्फ सबै सचेत हुन जरुरी रहेको छ ।