परासी, ७ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन भएको छ । रामग्रामले जिल्लामा पहिलो पटक निजी विद्यालयलाई विशेष प्राथमिकता राखी प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो ।
बुधबार नगरमा पत्रकार सम्मेलन गरी रामग्राम नगरपालिका नगर प्याब्सनबिच सम्झौता पत्र हस्ताक्षर गरी सार्वजनिक गरिएको छ । रामग्राम नगर पालिकाको नगरप्रमुख धनपत यादवको विशेष पहलमा निजी विद्यालयको सहकार्यमा प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न लागिएको शिक्षा शाखा प्रमुख सुन्दर खनालले बताए ।
नगरप्रमुख धनपत यादवले अनुसार, नगर क्षेत्रका निजी विद्यालयहरूले वार्षिक रूपमा कक्षा ४ देखि ११ सम्मका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको जानकारी दिए । यादवले रामग्राम नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गरी शैक्षिक गुणस्तर कायम गर्नको निम्ति लागि परेको बताए । नगरभित्र रहेका सामुदायिक बिद्यालयहरुलाई भौतिक पूर्वाधार निर्माण गरी शिक्षा क्षेत्रलाई अब्बल बनाउन तर्फ अग्रसर रहेको यादवको भनाई थियो ।
छात्रवृत्ति वितरणका नगर प्रमुख तथा प्याब्सन अध्यक्ष सहित ७ सदस्यीय कार्यदल गठन गरिएको छ । शिक्षा सुधारको लागि र नगरमा शिक्षामा अब्बल बनाउनको लागि प्याब्सनले मेयरसँग छात्रवृत्ति कार्यक्रम गर्न लागिएको रामग्राम नगर प्याब्सन अध्यक्ष बलिराम यादवले जानकारी दिए ।
रामग्राम नगरपालिकाले निजी विद्यालयहरूसँग सहमति गर्दै २ सय ५० जनालाई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । गरिब विपन्न,आर्थिक अवस्था कमजोर जेहेन्दार,सहिद परिवार छोराछोरी खेलकुदमा अब्बल प्रदर्शन गर्ने बिद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिने मेयर यादवले बताए । एउटा बिद्यलायबाट ११ जना वा सो भन्दा बढी छात्रवृत्ति बितरण गरिने छ । नगर प्याब्सन २३ विद्यालय रहेको रामग्राम नगर प्याब्सनले जनाएको छ