बुधबार ०९ बैशाख, २०८३

नेपाली समय

डेङ्गी नियन्त्रणका लागि विद्यालयमा सचेतनामूलक कार्यक्रम

डेङ्गी नियन्त्रणका लागि विद्यालयमा सचेतनामूलक कार्यक्रम

काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेङ्गी नियन्त्रणका लागि विद्यालयमा सचेतनामूलक कार्यक्रम थालनी गरेको छ ।

कामपाको ३२ वटा सामुदायिक विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई डेङ्गी सङ्क्रमणका बारेमा जानकारी दिइ समुदायमा सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम थालिएको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकलपर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त कार्यक्रम पहिलो विद्यालयका रूपमा वडा नं ३ स्थित शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा सम्पन्न भइसकेको छ ।  बर्खायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकोले जोखिम घटाउने रोकथाम, नियन्त्रण र उपचारका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम थालिएको भुषालले बताउनुभयो ।  

तीन हजार दुई सय विद्यार्थीलाई सचेत बनाएर डेङ्गी नियन्त्रणका सन्देश संवाहक बनाउने योजना कामपाको छ ।  “समुदायस्तरमा डेङ्गी रोगको रोकथामका प्रयासका बारेमा छलफल र अन्तरक्रिया चलाएर सम्भावित जोखिम घटाउने वडा कार्यालयको योजना छ”, वडा नं ३ की सदस्य सीता थापाले भन्नुभयो ।  सचेतनामूलक र क्षमता विकासका कार्यक्रमपछि लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

अहिले झरी परिरहेको र यस क्रममा जम्मा हुने पानीमा लामखुट्टेका लार्भा हुर्किन सक्ने भएकोले सजगता अपनाउन आवश्यक रहेको कामपा स्वास्थ्य विभागको भनाइ छ ।पाटन र भक्तपुर दरबार क्षेत्रका साथै हाँडीगाउँलगायत काठमाडौँ उपत्यकाका पुराना बस्तीमा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि सम्पदाको संरक्षण गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड थियो । 

सांसद सपना राजभण्डारीले काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएको वर्षौँ बिते पनि सर्वसाधारणका लागि खुला नगरिँदा यहाँको संस्कृति लोप हुन लागेकोतर्फ संस्कृति मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 

सांसद मैना कार्कीले सम्पदाको संरक्षणबाट नेपाल समृद्ध बन्ने भएकाले देशभरका सम्पदा संरक्षणमा जुट्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये वसन्तपुरको नौतले दरबार र नुवाकोटको सात तले दरबार चीन सरकारलाई पुनःनिर्माणका लागि दिएकामा नौतले दरबारको काम सम्पन्न भई आजैदेखि सर्वसाधारण अवलोकनकर्ताका लागि खुला गरिएको जानकारी दिनुभयो ।

भक्तपुरस्थित कला सङ्ग्रहालय प्रमुख जयन्ती प्रधानले सन् १९७७ देखि अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाउँदै आइरहेको उल्लेख गर्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभयो । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले यस वर्षको सङ्ग्रहालय दिवसको कार्यक्रम आजैदेखि अन्त्य गरिएको जानकारी गराउनुभयो । 

 प्रत्येक वर्ष मे १८ लाई अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्ष यो दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको थियो । कार्यक्रममा हनुमानढोका दरबार क्षेत्रमा मङ्गल धुन परम्परालाई निरन्तरता दिन र पुस्तान्तरणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई मन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो ।