आइतबार ०१ असार, २०८२

नेपाली समय

नयाँ नेतृत्वको घोषणा सहित संयुक्त नागरिक पार्टीले गर्‍यो पार्टी रणनीति सार्वजनिक

नयाँ नेतृत्वको घोषणा सहित संयुक्त नागरिक पार्टीले गर्‍यो पार्टी रणनीति सार्वजनिक

काठमाडौं , ६ जेठ । संयुक्त नागरिक पार्टीले यही जेठ ४ गते काठमाडौंमा सम्पन्न विस्तारित बैठकमार्फत दलमर्दन कामीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै पार्टी पुनर्गठन गरेको बारे सोमबार जेठ ५ गते राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रम बाट पार्टीको नयाँ नेतृत्व र आगामी योजना सार्वजनिक गरेको छ ।

पार्टीले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै ७५ सदस्यीय केन्द्रीय समितिमा २७ पदाधिकारी सहित ३३ सदस्यीय सचिवालय र ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। अध्यक्ष कामीको नेतृत्वमा बनेको नयाँ समितिमा  मुलुकका विभिन्न जातीय, भाषिक, धार्मिक र भौगोलिक क्षेत्र बाट नेतृत्व रहेको जनाएका छन् । अध्यक्ष कामीले पत्रकारहरूसँग कुराकानी गर्दै भने पार्टीका नेतृत्व र हरेक नेताकार्यकर्ता धार्मिक आस्था, नैतिक मूल्य मान्यतामा आधारित रहेर राजनीति सेवा भाव र सामाजिक न्यायमा आधारित रहने बारे  स्पष्ट पर्दै उनले भने, “हामी समावेशिता र पारदर्शिताको पक्षधर हौं। वैकल्पिक नेतृत्व विकास र स्वच्छ राजनीतिक संस्कृतिको स्थापना गर्ने प्रमुख लक्ष्य रहेको उनले दाबी गरे ।”

पार्टीको पुनर्गठित नेतृत्वमा बरिष्ठ नेता कमलादेवी हेमचुरी,उपाध्यक्षहरूमा इन्द्रबहादुर राई, कलिराम पुर्जा, डा. जितबहादुर घले, डा .वलराम विश्वकर्मा, विष्णु गुरुङ लोइस, हुम बहादुर पुन र डिल्ली बहादुर तामाङ चयन भएका छन्। महासचिवमा प्रेमबहादुर कार्की, उपमहासचिवहरू विदुर अधिकारी, नरेश विश्वकर्मा, श्याम बहादुर राई, सोम बहादुर आले, उपेश नौबाग र निमा शेर्पा चयन भएकाछनभने पार्टीको कोषाध्यक्ष देवेन्द्र कुमार लिम्बु रहेकाछन् । यसैगरी बैठकले डा. लक्ष्मीप्रसाद (सामुयल संग्राम) राइको संयोजकत्वमा डा. ऋसि राम रिमाल,डा. तेज बहादुर रोक्का, डा. सुवाष  सुब्बा, पुर्ण रसाईली ,जर्ज बेघा,गुण बहादुर बि क,जित बहादुर खाति,आमेन थापा सल्लाहकार समिति रहेको छ ।

संयुक्त नागरिक पार्टीले आफ्नो राजनीतिक दर्शन ईश्वरीय नैतिक मूल्य मान्यतामा आधारित रहेको जानकारी गराउँदै धार्मिक विश्वास, प्रेम, शान्ति, समभाव, सेवा, सत्यता र न्यायमा आधारित वैकल्पिक राजनीतिलाई अघि बढाउने प्रतिबद्धता जनाएकाछन। "धार्मिकताले राष्ट्रलाई उचाल्दछ" भन्ने मूल मान्यतामा अडिग रहँदै पार्टीले समानता र समावेशितामा आधारित राजनीतिक अभ्यासलाई संस्थागत गर्ने बताउँदै पार्टीले समान सोच भएका दल तथा सङ्गठनहरूसँग सहकार्य, मोर्चाबन्दी तथा गठबन्धन र एकता समेत गर्न सक्ने बैठकले निर्णय गरेको पार्टी महासचिव प्रेमबहादुर कार्कीले बताए ।

पत्रकार भेटघाटमा सल्लाहकारहरू डा. ऋषि रिमाल ,जर्ज बेघा,वरिष्ठ नेता कमला हेमचुरी ,उपाध्यक्ष डाक्टर बलराम बिक, डिल्ली बहादुर तामाङ ,पार्टीका उपमहासचिव बिदुर अधिकारी लगायतका नेताहरूले देशमा इमानदार नेतृत्वको निम्ति वैकल्पिक पार्टी आवश्यकता रहेको दाबी गर्दै त्यसको नेतृत्व संयुक्त नागरिक पार्टीले गर्ने धारणा राखेका थिए ।