टक्सार (भोजपुर), ५ जेठ । भोजपुरका दुई सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
जिल्ला सदरमुकाममा रहेको जनसेवा आधारभूत विद्यालय र भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई सोमवार शैक्षिक सामाग्री बितरण गरिएको हो । सामाजिक अभियन्ता जनक नेपालले बालबालिकालाई पढाईप्रति थप आकर्षित गर्न कापी, पेन्सिल, कलम, फुटबल लगायतका शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नु भएको हो ।
जनसेवा आधारभूत विद्यालयमा बालशिशु कक्षा देखि कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र सो भन्दा माथिका विद्यार्थीका लागि फुटबल उपलब्ध गराइएको छ । विद्यालयको शैक्षिक गुणस्तरका साथै बिद्यार्थीहरुको आवश्यकतालाई ध्यान दिएर शैक्षिक सामाग्रीहरू सहयोग गरिएको नेपालले बताउनुभयो । यस्तै भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री बितरण गरिएको
छ ।
दाताबाट प्राप्त सहयोगले बिद्यार्थीहरुलाई हौसलाका साथै पठनपाठनमा पनि सहयोग मिलेको जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र पाण्डेले बताउनुभयो । त्यस्तै यस्ता सहयोगले विद्यालय सञ्चालनका साथै बिद्यार्थीहरुलाई पनि राहत मिलेको भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक सरिता तामाङले बताउनुभयो ।
विश्व हिन्दु सिद्धकाली एकता नेपालका केन्द्रीय अध्यक्ष तथा राप्रपा भोजपुरका सङ्गठन प्रमुख समेत रहनु भएका नेपालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आगामी दिनहरूमा पनि अभियान जारी राख्ने बताउँदै बर्षो देखि विद्यालयहरूमा शैक्षिक छात्रबृत्तिको कार्यक्रमहरू समेत सञ्चालन गर्दे आई रहेको बताउनुभयो । शैक्षिक र खेलुकद सामाग्री पाएपछि बिद्यार्थीहरुमा पनि उत्साह देखिएको छ ।
सामाग्री वितरणमा राप्रपाका प्रवक्ता प्रमोद कार्की लगायत नेता कार्यकर्ता, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।