आइतबार ०१ असार, २०८२

नेपाली समय

खोरेत रोग नियन्त्रणका लागि सरोकारवालासँग छलफल

खोरेत रोग नियन्त्रणका लागि सरोकारवालासँग छलफल

भोजपुर, २ जेठ । भोजपुरमा जिल्ला स्तरीय खोरेत रोग नियन्त्रण रणनीति कार्यान्वयन सम्बन्धी स्थानीय तहका सरोकारवालासगँ छलफल कार्यक्रम सञ्चालन भएको छ ।

जिल्लामा खोरेत रोगको अवस्था, न्यूनीकरणको उपाय, सरोकारवालाको भूमिका, विषादी प्रयोग, नियन्त्रणको उपायका विषयमा छलफल सहित रोग नियन्त्रणका लागि सबैले प्रतिबद्धता समेत जनाउनु भएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय बिराटनगरका निर्देशक डा सुशील अधिकारीले खोरेत रोग र यसको नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ, भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले, पशुपक्षी तथा मत्स्य विकास निर्देशानयलका निर्देशक डा. अधिकारी, सुम्निमा बहुप्राविधिक शिक्षालयका शिक्षक, विद्यार्थी, श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयका शिक्षक, विद्यार्थी लगायत भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका लगायतका स्थानीय तहका पशुु शाखामा कार्यरत कर्मचारी, पशुपालन कृषक, डेरी ब्यवसायी, पत्रकार लगायतको सहभागितामा कार्यक्रम गरिएको हो ।

सोक्रममा भोजपुर नगरपालिकाका नगर प्रमुख आलेले नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि गरेका कार्यक्रम, दुग्ध विकास कार्यक्रम, पशुपन्छीमा एआई प्रविधिसँगै बिमा कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै खोरेत रोग नियन्त्रणका लागि प्रतिबद्धता समेत गर्नुभयो ।