ललितपुर, २८ वैशाख । नेपाल व्यावसायिक कलाकार सङ्घले आफ्नो चौथो महाधिवेशन शनिबार ललितपुरको महालक्ष्मिस्थान स्थित डेलाईट पार्टी प्यालेसमा सपन्न गरेको छ । उक्त कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री मा. हरिप्रभा खड्गी श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली विशिष्ट अतिथि रहनु भएको थियो ।
व्यावसायिक कला क्षेत्रमा लामो समयदेखि काम गरिरहेका देश भरिका कला व्ययवासीहरूको उपस्थितिमा सम्पन्न चौथो महाधिवेशनकाे उद्घाटन सत्रको सभापति तथा निवर्तमान अध्यक्ष आई. बि. मल्लले आफ्नो समयमा व्यावसायिक कलाकारको हित र कला प्रवर्द्धनमा देशव्यापी कला जागरण अभियान, धुलिखेल कला महाेसत्व, कलाकार अरनिको स्मृति दिवस, विभिन्न विधामा कला पुरस्कार स्थापना जस्ता उल्लेख्य कार्य भएको सम्झँदै आफूलाई सहयोग गर्ने सम्पूर्ण कलाकारहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन पूर्व महासचिव तथा प्राध्यापक डा. कृष्ण ओझाले गर्नु भएको थियो भने दोस्रो सेसनको निर्वाचन मण्डलकाे संयोजक वरिष्ठ कला व्यावसायि शान्ताराम गिरि र सदस्यहरुमा अधिवक्ता तथा प्राध्यापक डा. कृष्ण ओझा, प्राध्यापक तथा अधिवक्ता महेश आचार्य हुनुहुन्थ्यो ।
उक्त निर्वाचन मण्डलले सर्वसम्मत रूपमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नव गठित कार्यसमितिको अध्यक्षमा प्रेम श्रेष्ठ हुनुहुन्छ भने सह अध्यक्ष र महासचिवमा क्रमशः तिलक पुन मगर र भाेला पौडेल हुनुहुन्छ । भाेला पौडेल यसअघिकाे कार्यसमितिमा पनि महासचिव हुनुहुन्थ्यो । नव गठित अध्यक्ष प्रेम श्रेष्ठले नयाँ र पुरानो मिलाएर समिति बनेको र यसले आगामी दिनमा कला व्यावसायिहरुकाे हितमा काम गर्न सफल हुने धारणा राख्नु भयो ।
वरिष्ठ कलाकार तथा प्राध्यापक राधेश्याम मुल्मि लगायत अन्य वरिष्ठ व्यक्तित्वहरू सङ्घको सदस्यहरुको उपस्थितिमा विभिन्न विधाका विभागीय जिम्मेवारी प्रदान गरी महासंघीय ढाँचामा सङ्घलाई अघि बढाउने प्रतिबद्धता पनि अध्यक्ष श्रेष्ठले व्यक्त गर्नु भयो । कार्यक्रममा विभिन्न संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।