शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

लहानमा ४४३ बोतल ओनरेक्स लागू औषधसहित २ जना पक्राउ

लहानमा ४४३ बोतल ओनरेक्स लागू औषधसहित २ जना पक्राउ

लहान, २४ वैशाख । सिरहाको लहान नगरपालिका–१७ बलान खोलाको छेउबाट प्रहरीले ४४३ बोतल ओनरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ। भारतीय बजारबाट लागूपदार्थ खरिद गरी लहानतर्फ ल्याइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

पक्राउ पर्नेमा लहान–१५ का २१ वर्षीय सन्तोष र लहान–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट १२०/१२० बोतल, थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल गरी कुल ४४३ बोतल ओनरेक्स बरामद गरिएको हो।

प्रहरीले उनीहरूबाट म.प्र.०१–००४प ५९८५ र स ३ प १७२ नम्बरका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका दुबै जनामाथि लागूपदार्थ सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।