शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

भन्सार छली भारतबाट ल्याइएका कपडा प्रहरीद्वारा बरामद, एक जना पक्राउ

भन्सार छली भारतबाट ल्याइएका कपडा प्रहरीद्वारा बरामद, एक जना पक्राउ

रौतहट, २४ वैशाख । प्रहरीले भन्सार छली भारतबाट ल्याइएका कपडा बरामद गरेको छ। यस क्रममा ईशनाथ नगरपालिका-१ का ३७ वर्षीय राकेश पासवान पक्राउ परेका छन् ।

प्रहरी गस्ती टोलीले वैशाख २१ गते राति गौर नगरपालिका ४ स्थित लालबकैया नदी किनारबाट २ लाख ३३ हजार १ सय रुपैयाँ बराबरको कपडासहित पासवानलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पासवानको साथबाट नम्बर प्लेट नभएका दुईवटा मोटर साइकल पनि बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद मोटरसाइकल र कपडासहित पासवानलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको हो ।