शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

पूर्वमन्त्री नेपालको निधनले देशले वामपन्थी आन्दोलनका प्रखर नेता गुमाएको छः अध्यक्ष दाहाल

पूर्वमन्त्री नेपालको निधनले देशले वामपन्थी आन्दोलनका प्रखर नेता गुमाएको छः अध्यक्ष दाहाल
फाइल फोटो

काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता प्रदीप नेपालको निधनले नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गर्नुभएको छ । 

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गरी उहाँको निधनले मर्माहत बनाएको उल्लेख गर्नुभयो । 

“नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद् निधनले मर्माहत भएको छु । निरङ्कुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, दाहालले भन्नुभएको छ,“ नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ ।” 

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको ७१ वर्षको उमेरमा आज दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेता नेपालको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।