शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

विचार: समानता, न्याय र समृद्धिको साझा यात्रामा राजनीतिक इमानदारी आवश्यक

विचार: समानता, न्याय र समृद्धिको साझा यात्रामा राजनीतिक इमानदारी आवश्यक
सुन्नुहोस्

हामी सबैको साझा उद्देश्य विभेद रहित समतामूलक समाज निर्माण, देशमा शान्ति, स्वतन्त्रता, न्याय, समान अधिकार विकास र समृद्धि, राष्ट्रिय एकतामा प्रतिबद्धता रहेर सद्भाव शुभेच्छा सहकार्य र असल नेतृत्वको विकासको महत्वलाई प्राथमिकतामा राखेर हाम्रो हरेक कार्य समग्रमा समृद्ध नेपाल, खुसीयाली नेपाली एकता र सहकार्यको अग्रगामी बाटो हुनुपर्छ ।

आमूल परिवर्तन नागरिक पार्टीका नेतृत्व नेताकार्यकर्ता र आम जनसमुदायहरूमा म पार्टी अध्यक्षको हिसाबले म र मैले नेतृत्व गरेको पार्टीको उद्देश्य बारे केही कुरा राख्दै छु म विश्वस्त छु यो भनाइ लाई पढेर यहाँहरुको सकारात्मक सुझाव पाउनेछु भन्ने आशावादी पनि छु ।

हाम्रो पार्टी साझा उद्देश्य भनेको आम नागरिक र मुलुकलाई समृद्ध र सशक्त बनाउनु हो। यसका लागि, हामीले एकता र सहकार्यको मार्ग अपनाउन आवश्यक छ। हाम्रो पार्टीको मूल उद्देश्य भनेको जनताको सेवा र मुलुकको समृद्धि हो। यस उद्देश्यलाई प्राप्त गर्न, हामी सबैलाई एकजुट भएर काम गर्नुपर्ने आवश्यकता छ।

हाम्रो देश नेपाल भौगोलिक, सांस्कृतिक, भाषिक, धार्मिक लगायतका विविधताले सम्पन्न छ । यस विविधतामा एकता र सहकार्यलाई समृद्ध बनाइए मुलुक साँच्चिकै सुन्दर बन्छ बनाउन सकिन्छ, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक,भौगोलिक विविधताको संरक्षण प्रबर्द्धन विकास गरेर इमानदार राज्यले कार्यान्वयन गर्नमा अगाडि बढ्नु पर्छ साँच्चिकै देश सबै कुरामा बलियो बन्छ । मुलुकलाई समृद्ध बनाउन नेतृत्व नेताकार्यकर्ता आम नागरिक सबैको आवश्यक छ। यसका लागि, हामीले सबै समुदायका अधिकार र सम्मानको रक्षा गर्नुपर्छ। एकता र सहकार्यले मात्र हामीलाई समृद्धिको मार्गमा अघि बढाउने छ ।

हाम्रो देशलाई समृद्धिका बनाउनका लागि, हामीले गठबन्धन, सहकार्य, ऐक्यावद्धतालाइ इमानदारी र प्रतिबद्धता भएमा पार्टी वैकल्पिक शक्तिको रूपमा स्थापित हुन्छ र पार्टीको योजना अनुसार देशमा समृद्धि ल्याउनु कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास जस्ता क्षेत्रहरूमा विशेष ध्यान दिएर कार्यान्वयन गर्न सक्छ । यी सबै क्षेत्रहरूमा सुधार ल्याएर मात्र हामी समुदाय समाजको विकास हुँदै समृद्ध नेपाल निर्माण गर्न सक्छौँ।

आमूल परिवर्तन नागरिक पार्टीलाई एकताबद्ध राख्न व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज समुदाय र राष्ट्रलाई आफूभन्दा महान् सम्झेर सबैभन्दा पहिले हामी नेतृत्वमा एकता, इमानदारी र समर्पणको भावना हुनुपर्छ। त्यस्तै देशका आम नागरिक पनि नयाँ नेपाल, समृद्धि राष्ट्र, सुखी जनता बनाउने साझा लक्ष्य बनाइ सो सपनालाई सार्थक बनाउन सचेत, जागरुक र एकजुट हुन आवश्यक छ। 

आमूल परिवर्तन नागरिक पार्टीहरूले समृद्धिका मुख्य आधारस्तम्भहरू देशमा आम नागरिक समुदायगत भएका आआफ्ना सीप कल र सृजनाको संरक्षण प्रवर्द्धन र विकास गर्दै अन्तर्राष्ट्रिय बजारीकरण गर्ने, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य स्थिति, उर्जा र पूर्वाधार विकास हाम्रो विशेष प्राथमिकता विषय हुन र हुनेछन् ।  यी क्षेत्रहरूमा सुधार र विकास गरेर मात्र हामीले सिङ्गो देशमा दिगो र समावेशी समृद्धि हासिल गर्न सक्छौँ।

हाम्रो यस उद्देश्यका पूरा गर्न पार्टी नेतृत्वको अत्यन्त महत्त्वपूर्ण विशेष भूमिका हुन्छ। नेतृत्वले कहिले पनि आफ्नो पद, हैसियत लाई बार्गेनिङ विषय बनाउनु हुन्न यसलाई एउटा महत्त्वपूर्ण जिम्मेवारी ठान्दै आफूभन्दा समाज समुदाय र राष्ट्रिय हितलाई केन्द्रमा राखेर सेवाभाव बाट ओतप्रोत हुनुपर्छ जसले बिनासर्त काम गर्न उर्जा प्रदान गर्दछ । हाम्रो पार्टीका नेतृत्व आम नेताकार्यकर्ता सबैले यो विश्वास गर्नुपर्छ कि हामी हरेकले आआफ्नो आचरण पारदर्शिता इमानदारीता र प्रतिबद्धतामा समर्पित उदाहरण प्रस्तुत हुनुपर्छ । जब नेतृत्व स्वयं इमानदार र उत्तरदायी देखिन्छ, तब जनता पनि त्यो मार्गमा हिँड्न प्रेरित हुन्छन्।

म पार्टीको अध्यक्ष हुनुको नाताले म हाम्रा नेताहरू र कार्यकर्ताहरूलाई विनम्रता पूर्वक आग्रह गर्न चाहन्छु हामी हाम्रा नारा र भाषण कलामा मात्रै सीमित हुने होइन, हाम्रा हरेक कार्य पार्टीका नीति कार्यनीति इमानदार रूपमा व्यवहारमा ल्याइ देशमा समृद्धि र समाजमा सेवाभाव सहित कार्यकारी बन्नुपर्छ । 

आमूल परिवर्तन नागरिक पार्टीका हरेक नेतृत्व नेताकार्यकर्ताहरु अहिलेसम्मकै पार्टी र तिनका नेतृत्व नेताकार्यकर्ता भन्दा फरक तर उदाहरण बनी  मार्गदर्शकको रूपमा रहेर सेवाभावमा पार्टीका नीति निर्माण, कार्यक्रम सञ्चालन र विकासको हरेक पाटोमा अब्बल र इमानदारीता देखिनुपर्छ । जबसम्म हामी यिनी विषयमा इमानदार भई अग्रसर हुनसक्दैनौ हामीले चाहेको समृद्ध नेपाल सुखी नेपाली बनाउने सपना साकार बनाउन सक्दैनौँ ।

हामीले चाहेको समृद्धिको यात्रा केवल एक दुई थान  नेताकार्यकर्ताहरूको होइन, हरेक नागरिकको हित न्याय, मुक्ति, शान्ति, स्वतन्त्रता सहितको समृद्धि हो। हामी सबैले यस महान् यात्रामा हाम्रा पार्टीका आम नेताकार्यकर्ता शुभेच्छुक शुभचिन्तक नागरिक समाज समुदायका आदरणीय प्रतिष्ठित सबैले आआफ्ना स्थान बाट आआफ्ना जिम्मेवारी लाई कार्यान्वयन गरेर समाजमा सुधार ल्याएर, शिक्षा र जागरूकता फैलाएर र सामाजिक उत्तरदायित्वको भावना राखेर योगदान दिनुपर्छ।

जसले हाम्रो साझा धेय, लक्ष्य, उद्देश्य, समाज रूपान्तरण देशमा विकास समृद्ध ल्याउने छ, यसकालागि, हामीले एकता र सहकार्यको मार्गलाई कसरी बलियो बनाउने बारे संयमितता अपनाइरहनु पर्छ। हाम्रा भिन्नतामा एकता र सहकार्यको शक्ति निहित छ। हामी सबै मिलेर इमानदार र प्रतिबद्धतामा मात्र हाम्रो मुलुकलाई समृद्ध बनाउन सक्छौँ  ।

हामी सक्छौ, हामी गर्छौ, हाम्रो मुलुकको भविष्य हाम्रो हातमा छ। यसका लागि हामीले एकता र सहकार्यको मार्ग बलियो बनाएर पार्टी सङ्गठनलाई शक्तिशाली वैकल्पिक शक्तिको रूपमा निर्माण गरेर देशलाई वैकल्पिक नेतृत्व दिएर हामीले असल काम गरेर मात्र देशमा बिकासित र समृद्ध नेपाल निर्माण गर्न सक्छौँ । यस यात्रामा, पार्टीका सबै तहका नेताकार्यकर्ता जिम्मेवार रहनेछौ यसैगरी देशमा हरेक नागरिकको पनि इमानदार र निर्भीक योगदान अनिवार्य छ। हामी सबै मिलेर हाम्रो मुलुकलाई समृद्ध र सशक्त बनाउन प्रतिबद्ध छौँ र हौँ । हामी हाम्रो मुलुकको उज्ज्वल भविष्य निर्माण गर्न गरौँ ।

पटकपटक उत्पीडित उपेक्षित हजारौँ जनताले  बलिदान दिइसक्नुभएको छ । हजारौँ अङ्गभङ्ग, घाइते बनेर, सयौँ बेपत्ता पारिएर, रगत,पसिना, लडाइँ, जेलनेल भूमिगत जीवन, भागदौड र मृत्यु कि मुक्ति भनेर आफ्नो अमूल्य जीवन देश र समाजको निम्ति अर्पे र देशमा लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षता आएको हो यसलाई बलियो र सार्थक हामीले नै बनाउने हो ।

देशमा राजनीति परिवर्तन आयो तर अहिलेसम्म भएका सबै पार्टीको नेतृत्वले जनताको साथ पाएर नेतृत्व सत्ता पुगे तर सत्तामा पुगेर सही सदुपयोग गरेर जनतामुखी हुनुपर्नेमा आफ्नो आधारभूत चरित्र गुमाएर सुखभोग, सत्ताभोग र अवसरवादको भुलभुलैयामा लागे जसले गर्दा मुलुकमा "समाज, समुदाय, राष्ट्र र राष्ट्रियताको विकास र समृद्धिको मार्ग अवरोध भयो यो हाम्रो ठहर हो  ।

जीवन केवल खानु र पिउनुमा सीमित छैन। जब हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदाय, समाज र राष्ट्रको हितमा समर्पित हुन्छौं, त्यहीबेला असल नियत र इमानदार प्रयत्नले मात्र सफलता प्राप्त हुन्छ भन्ने कुरामा हामी दृढ रहनु पर्छ नत्र तिनीहरू भन्दा हामी केमा फरक हुने ? ।

हामी राष्ट्र, राष्ट्रियता र जनताको सेवामा समर्पित भई अघि बढ्ने अटल प्रतिबद्धता व्यक्त गरौँ असल नियत, इमानदारता र समर्पण नै हाम्रो पहिचान बन्नेछ भन्ने दृढ सङ्कल्पसहित, हामीले अघि बढाउने हरेक कदम समाज, समुदाय, राष्ट्र र राष्ट्रियताको समृद्धिको लागि समर्पित हुनुपर्छ । यस यात्रामा आउने बाधा र अल्झनहरू हाम्रो एकता, दृढता र सकारात्मक सोचले सहजै पार गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी अघि बढ्छौँ बढ्नु पर्छ । 

यसर्थ आमूल परिवर्तन नागरिक पार्टीले समृद्धि र समावेशिताको यात्रालाई मूल आधार बनाई उत्पीडित समुदायको नेतृत्वमा वैकल्पिक राजनीतिक शक्ति निर्माण सत्ता र शक्तिको प्रयोग मात्र होइन, आमूल राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको अभियान हो। आमूल परिवर्तन नागरिक पार्टीको यो दृष्टिकोणले सामाजिक न्याय, समान अवसर, र सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गर्दै 'अग्रगामी नयाँ नेपाल' निर्माणतर्फको मार्गमा वैकल्पिक नेतृत्वको निर्माणबाट परम्परागत विभाजनकारी राजनीति संरचना र नेतृत्वहरू भत्काउँदै, सबै नेपालीको सहभागितामा आधारित समावेशी र दिगो विकास समृद्धिको शिलान्यास गरिनेछ हामी सबै एक हौँ प्रतिबद्ध रहौँ ।

                 लेखक:

 दलमर्दन कामी, अध्यक्ष, संयुक्त नागरिक पार्टी

(प्रकाशित लेख लेखकको आफ्नो निजी विचार हो।)