शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम

आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम

​​​​​भोजपुर, २१ वैशाख । सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ भोजपुरमा आठ दिने डलकुसन बनाउने तालिम सञ्चालन गरिएको छ । भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयमा सञ्चालन भएको तालिममा बहिरा विद्यार्थी र अन्य गरी ८ जनाको सहभागिता रहेको थियो । 

भोजपुर बहिरा सङ्घको आयोजना तथा षडानन्द नगरपालिकाको एक लाख आर्थिक सहयोगमा ८ दिने डलकुसन बनाउने तालिम सञ्चालन गरिएको छ । षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले तालिम समापन कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदै पालिकाको सानो सहयोगमा सञ्चालन भएको तालिमले आत्मनिर्भर बन्न सीप प्रदान गरेको बताउनुभयो । स्थानीय स्रोत साधनको उपयोग गरी वस्तु उत्पादन र बजारीकरणलाई सँगै अगाडी बढाउन आवश्यक रहेकोमा पनि नगर प्रमुख उदास जोड दिनुभयो ।

सीपमूलक तालिमको व्यवस्थापन गरेर नगरपालिकाले बहिरा विद्यार्थीलाई समेत आत्मनिर्भर बनाउन सहयोग गरेको भोजपुर बहिरा सङ्घका सचिव सन्त कुमार तुम्वापोले बताउनुभयो । पढाइ  र कमाई दुबैलाई सँगै अगाडी बढाउँदै लैजान पनि यो तालिम उपयोगी भएको सचिव तुम्वापोको भनाई रहेको छ । सहभागीहरूलाई शान्ति राईले प्रशिक्षण दिनु भएको थियो । 

तालिमका सहभागीहरूलाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष  कर्ण बहादुर मोक्तान, नागरिक  समाजका संयोजक पशुराम तिवारी, भोजपुरका अग्रज पत्रकार निरोज कोइराला, प्रशिक्षक राईले प्रमाणपत्र बितरण गर्नुभयो । समापन कार्यक्रममा अभिभावक, दोभासे तथा बहिरा बालबालिकाहरुकोे उपस्थिति रहेको थियो ।