शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

पर्यटनका हाकिम मिश्रा झोलाबाटै योजनाको पत्र बाँड्दै

पर्यटनका हाकिम मिश्रा झोलाबाटै योजनाको पत्र बाँड्दै

रौतहट, २० वैशाख । पर्यटन विकास कार्यालय रौतहट गौरबाट सरुवा भएका कार्यालय प्रमुख सञ्जय कुमार मिश्राले पठाएको कार्यालयमा नगई धमाधम एक होटेलमा बसेर मोटो रकम लिई झोलाबाट विभिन्न वडा तथा पालिकाहरूका उपभोक्ता समिति गठनको लागी पत्र बढिरहेको खबर प्राप्त भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरले गत वैशाख १६ गते मिश्रालाई भु तथा जलाधार व्यवस्थापन कार्यालय लहान सिराहामा सरुवा गरेको भएतापनि अहिले मिश्रा सो कार्यालय नगई चन्द्रनिगाहपुरको एक होटेलमा बसी चलानी बिनाको योजनाहरू बढिरहेको खबर प्राप्त भएको हो ।

पर्यटन विकास कार्यालय गौरमा नयाँ कार्यालय प्रमुखको रूपमा राजेश काफ्ले आएर हाजिर गरिसक्दा समेत मिश्रले कमिसन माग्दै पुरानो मिति (ब्याकडेट)मा योजना बितरण गरिहरेको स्थानीयले बताए । मिश्रा सरुवा भएको ठाउँमा जानको लागी शुक्रबार सम्म पनि रमना लिन मानेका छैनन् । यसरी होटलबाट बाँडिएका पत्रको कुनै मान्यता नदिइने भर्खरै हाजिर भएका कार्यालय प्रमुख राजेश काफ्ले बताए ।

यस अघि पनि तत्कालीन कार्यालय प्रमुख मिश्रा कार्यालयमा भन्दा बढी चपुर, गौर, र मलगंवाका होटेलहरूमा भेटिने गरेको सेवाग्राहीको गुनासो रहँदै आएको थियो । उनीहरूका अनुसार उनी सरकारी कागजात झोलामा बोकेर हिँड्ने र त्यही झोलाबाट होटलका कोठामा आ.व. २०८१/८२ को पर्यटन योजनाहरू किनबेच गरिरहेको दाबी छन् । मिश्राले पर्यटन कार्यालयको आधिकारिक दर्ता–चलानी बाहेक अलग्गै व्यक्तिगत दर्ता–चलानी खडा गरी योजना वितरण गरिरहेको एक सेवाग्राहीले नाम नछाप्ने सर्तमा बताए । उनका अनुसार मिश्रले सरकारी योजनाको रकम ठेकेदारहरूसँग मिलेमतो गर्दै १० देखि १२% कमिसन दरमा बार्गेनिङ गर्ने, कागजात होटलमै पास गराउने र कार्यालयको काम झोलाबाटै गर्ने गरेका छन् ।

मिश्रले सरकारी कार्यालयलाई आफ्नो निजी कम्पनी जसरी सञ्चालन गरिरहेको र राज्य कोषको बजेटलाई निजी रकम जसरी बाँडिरहेको प्रति सरोकारवाला गम्भीर हुनुपर्ने स्थानीयको भनाइ रहेको हो । होटल र अस्पतालको अनुगमन गरेर चर्चामा आएका मधेस प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले पनि यस्ता झोले हाकिमहरूलाई कारबाही गर्न कुनै चासो नदेखाएको प्रति स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले यस्ता भ्रष्ट्राचार र कमिसनमा लिप्त हाकिममाथि तत्काल अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।