शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

आजको फोटो: लिगलिगकोट

आजको फोटो: लिगलिगकोट

गोरखा, १८ वैशाख । गोरखा जिल्लाको ऐतिहासिक, पुरातात्त्विक, पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल लिगलिगकोट। समुद्री सतहबाट करिब एक हजार ४३७ फिट उचाइमा अवस्थित यो स्थानमा दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि राजा बन्ने परम्पराका लागि प्रख्यात छ । मर्स्याङ्दी नदी र चेपे नदीको संगमस्थल चेपेघाटदेखि यस स्थानसम्म दौडेर प्रथम हुने घले राजा हुने नेपालको एकीकरणभन्दा पहिलेको परम्परा रहेको थियो । तस्बिर : रत्न श्रेष्ठ