शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

हुण्डी कारोबारको अवैध साम्राज्य चलाउने ठाउँ परिवर्तन गर्दै सीमावर्ती क्षेत्रमा सक्रिय

हुण्डी कारोबारको अवैध साम्राज्य चलाउने ठाउँ परिवर्तन गर्दै सीमावर्ती क्षेत्रमा सक्रिय

रौतहट, १३ वैशाख । नेपाल भारत सहित तेश्रो मुलुक सम्म अवैध कारोबार गर्नमा खप्पिस रहेका बैरगनियाका हुण्डी कारोबारी दिलीप जयसवाल समूह स्थान परिवर्तन गर्दै कारोबारलाई जारी राखेका छन् । भारत विहार राज्यको सीतामढी जिल्ला बैरगनिया घर भएका दिलीप जयसवाले आफ्नो हुण्डीको नेटवर्कलाई विस्तार गर्दै नेपाल भारतमा मात्रै सीमित नभई तेश्रो मुलुक सम्म आफ्नो अवैध कारोबारको साम्राज्य खडा गरेका हुन् ।

जयसवाल समूह नामबाट चर्चित रहेका उक्त अवैध कारोबारलाई केही सुरक्षा अधिकारीहरूको साँठगाँठमा उनले आफनो अवैध साम्राज्यलाई विस्तार गर्न सफल भएको श्रोतले बताए । पछिल्लो समयमा जयसवालको अवैध कारोबारका बारेमा केही सञ्चार माध्यमहरू निरन्तर रूपमा समाचार प्रकाशित गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएपछि स्थान परिवर्तन गरी कारोबारलाई जारी नै राखेको ति श्रोतको दाबी रहेको हो ।

हुण्डी कारोबारी जयसवालको समूह अहिले भारत विहारको पूर्वी चम्पारणको फुलबरिया, ढाका, घोडासहान, चैनपुर, सीतामढी जिल्लाको मेजरगञ्ज, सोनवर्सा, त्रिभुवननगर भएर सर्लाही, रौतहट र बारा जिल्लाको विभिन्न चोर नाकाहरुबाट कारोबार सुचारु गरेका छन् ।

भारतीय सुरक्षा निकायका खुफिया विभागले बैरगनीयाका हुण्डी कारोबारी दिलीप जयसवाल र कौशल जयसवाल माथी निगरानी बढाएपछि ति समूह बैरगनीयाबाट फरार भएका जयसवाल समूह अहिले पूर्वी चम्पारणका फुलबरीया ढाका, घोडासहान, चैनपुरमा बसेर हुण्डीको रकम नेपाल पठाउने कार्यलाई निरन्तरता दिँदै आएको ति श्रोतले बताए ।

जयसवाल समूहले ढाकामा बसेर विशेष गरेर रौतहट जिल्लाको बंकुल र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट कारोबार गर्नका लागि सेटिंग मिलाउने प्रयासमा लागेको समाचार स्रोतले जनाएको हो । ति श्रोतका अनुसार यस्ता कार्य गर्नेहरूको एक स्थानमा ठेगाना हुँदैन, पटक पटक ठेगाना परिवर्तन गर्दै हिँड्ने गरेका छन् । जयसवाल समूहले नेपाल भारतमा मात्रै नभई तेश्रो मुलुकमा पनि उनको कारोबारको संजाल फैलिएको हुँदा समयमा नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने माग गरे ।

जयसवाल समूहको अवैध सञ्जालबाट दुवै देशलाई आर्थिक क्षति पुर्याउदै आएको हुँदा वेलैमा नियमनकारी निकायले यिनका सञ्जाललाई तहसनहस गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको श्रोतको भनाई रहेको हो ।