भोजपुर, १३ बैशाख । भोजपुरका अग्रज पत्रकार निरोज कोइराला सम्मानित हुनु भएको छ । दुर्गम जिल्लामा रहेर विगत २५ वर्षदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील भएर खेलेको भूमिकाको मूल्याङ्कन गर्दै कोशी प्रदेश स्तरीय ज्योतिष, वास्तु, धार्मिक तथा पर्यटन प्रवर्धन सम्मेलन तथा जिल्ला अधिवेशनका क्रममा शनिवार नेपाल ज्योतिष परिषद् भोजपुरले पत्रकार कोइरालालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले पत्रकार कोइरालालाई सम्मानपत्र र मालाबाट सम्मान गर्नु भएको हो । वास्तु सम्मेलनमा पत्रकार कोइराला सहित शैक्षिक, धार्मिक, सामाजिक, कला संस्कृति लगायतका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनु हुने व्यक्ति तथा सङ्घ संस्थाहरूलाई समेत सम्मानपत्र तथा कदरपत्रबाट सम्मान गरिएको थियो ।
पत्रकार कोइराला हाल राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, हिमालय टाइम्स दैनिक, मकालु टेलिभिजन, गोठालो खबर डटकम लगायतका राष्ट्रिय सञ्चार माध्यममा आबद्ध हुनुहुन्छ ।