येशू ख्रीष्टको पुनरुत्थान भन्नाले ईशाई धर्म अनुसार येशू ख्रीष्टलाई परमेश्वरको पुत्र र संसारको मुक्तिदाता मानिन्छ। उहाँको जन्म करिब २४०० वर्षअघि बेथलेहेम भन्ने सहरमा भएको थियो। येशू ख्रीष्टको मृत्युपछि तेस्रो दिन उहाँ पुनर्जीवित हुनुभएको विश्वासलाई ‘पुनरुत्थान’ भनिन्छ, जुन ईशाई धर्मको केन्द्रीय विश्वास हो।
उहाँ सामान्य मानिस जस्तै आमाको नाम मरियमको कोख बाट जन्मिए, बाइबल अनुसार मरियम एक कन्या कुमारी थिइन र तर उनी पवित्र आत्मा बाट गर्भधारण भइन र मरियमको कोख बाट येशू जन्मनुभयो र उहाँका पालनपोषण गर्ने उहाँको बुवा जो सिकर्मी काम गर्नुहुन्थ्यो उहाँ युसुफ हुनुहुन्थ्यो । यसरी ख्रीष्ट येशूको जन्म पवित्र आत्माद्वारा चमत्कारिक रूपमा भएको होभन्ने कुराको निश्चयता गरिन्छ ।
येशुले तीस बर्ष देखि प्रेम, क्षमा र परमेश्वरको राज्यको सन्देश दिने धेरै चमत्कारका कामहरू गर्नुथाल्नु भयो सो कुरा रोमि शासक र त्यहाँका धर्मगुरुहरूलाई मन परेन र रोमि शासकहरूले विभिन्न आरोप लगाइ विभिन्न यातना दिएर क्रुसमा झुन्ड्यार मारेका भएता पनि येशुको मृत्यु अन्ततः मानव पापको क्षमाका लागि क्रूसमा मृत्यु भयो र तेस्रो दिन उहाँ मृतकबाट जीवित उठ्नुभयो (पुनरुत्थान), हुनुभयो भन्ने कुरा धर्मशास्त्र बाइबल प्रमाणित गर्छ।
बाइबल अनुसार, येशूलाई क्रूसमा चढाएर हत्या गरियो, र उहाँको शरीरलाई चिहानमा गाडिएको थियो। तर तेस्रो दिन आइतबार बिहान, उहाँ चिहानबाट जीवित उठ्नुभई आफ्ना चेलाहरू कहाँ देखिनुभई उहाँ साँच्चिकै पुनर्जीवित हुनुभएको प्रमाणित गर्नुभयो।यो घटना ख्रीष्टियन विश्वासको आधारमा हो, जसले येशूलाई परमेश्वरको पुत्र र संसारका मानिसको मुक्तिदाता भनी प्रमाणित गर्छ। हरेक इशाइलाई मृत्यु पछिको पुनरुत्थानले मृत्युमाथि विजय र अनन्त जीवनको आशा र निस्चयता दिएको छ।
येशू ख्रिष्टको पुनरुत्थान हरेक इशाइका लागि येशूको मृत्यु केवल एक शारीरिक अन्त्य मात्र होइन, उहाँलाई बिश्वास गर्ने हरेकको लागि नयाँ र अनन्त जीवनको आधारस्तम्भ हो । यही पुनरुत्थानले पाप, पीडा र मृत्युलाई पराजित गर्दै मानव जातिका लागि मुक्ति र आशाको ढोका खोलेको छ।
हरेक मानिसको जन्मेको महत्त्व छ तर येशुको जन्म अदभूत र आचार्य जनक एक विशेष उद्देश्यका साथ जन्म हो जसले मानव जातिलाई पापबाट छुटकारा दिलाउने र परमेश्वरसँग पुनः मेलमिलाप गराउने र प्रेम, क्षमा, करुणा, र सत्यतामा रही गरिब, पीडित र बहिष्कृतहरूसँग सहानुभूति देखाउँदै समाजमा न्याय सद्भाव समृद्धि र समानताको लागि हो ।
संसारमा येशूका शिक्षाहरूले धेरै मानिसहरूले आत्मसात गरेर र उनको हृदय छोयो र विगतलाई भुलेर आत्मा र सत्यतथ्यताम आधारित रहेर रूपान्तरण भएर र आफैलाई नम्र दया र भलाइले ओतप्रोत भई आफूलाई रूपान्तरण गरेर उहाँको पछि लागे, तर धार्मिक तथा राजनीतिक सत्तामा रहेका केही व्यक्तिहरू उहाँका विचारहरूसँग असहमत भए। अन्ततः, उहाँलाई षड्यन्त्रपूर्वक गिरफ्तार गरियो, झूटो आरोपमा मुद्दा चलाइयो, र क्रूसमा चढाएर मृत्युदण्ड दिइयो। यही कुरा आज संसारका ईशाईहरू विश्वास गर्छन् येशूको यो बलिदान मानव जातिका सम्पूर्ण पापहरूका लागि छुटकाराको निस्चयता थियो हो ।
यसैले आज पनि संसारमा इसाइहरुले येशूको जीवन, शिक्षा, मृत्यु र पुनरुत्थानलाई आधार मानेर विश्वभरका अर्बौँ ईशाईहरूले उहाँलाई आफ्नो उद्धारकर्ता,मुक्तिदाता र जीवनको अन्तिम आशाको केन्द्र मानी उहाँको सेवा आराधना र महिमा गर्छन्।
येशूलाई रोमी साशक र त्यहाका धर्मगुरुहरुको दबाब त्यहाका अन्य मानिस सैनिकहरूले निर्दोष हुँदाहुँदै क्रूसमा टाँगेर हत्या गरे। उहाँको मृत्युपछि चिहानमा गाडियो, तर तेस्रो दिन उहाँ मृतकहरूमध्येबाट ब्यूँतिनुभयो यही अद्भुत घटना हो ‘पुनरुत्थान’ (Resurrection) को रूपमा चिनिन्छ। यही पुनरुत्थानलाई इसाईहरूको सबैभन्दा पवित्र चाड इष्टर (Easter) को मुख्य कारण हो।
येशूको पुनरुत्थानको घटनाले संसारमा सबै ख्रीष्टियनहरूलाई बताउँछ कि मृत्यु अन्त्य होइन, नयाँ जीवनको सुरुवात हो। बाइबलमा लेखिएको छ, "उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो" (१ कोरिन्थी १५:४)। यस पुनरुत्थानले ख्रीष्टियनहरूलाई आशा, प्रेम, र विश्वासको निस्चयता गर्दछ।
म करिब ३५ वर्षअघिदेखि येशूको शिक्षालाई आत्मसात् गर्दै आएको मेरो व्यक्तिगत अनुभवले उहाँको जीवन अनुसरण गर्नु आत्मिक मुक्ति, प्रेम र न्यायमा आधारित जीवनको सुरुवात हो। जातीय विभेद, हिंसा, बहिष्कार र पीडाबाट गुज्रिएको मेरो जीवनमा, येशूको शिक्षाले सत्य स्वतन्त्रता, आत्म-सम्मान र सामाजिक चेतनाको ढोका खोलिदियो।
उहाँप्रतिको विश्वासले केवल मेरो जीवन बदलिएको मात्रै होइन, मेरो सामाजिक र राजनीतिक सक्रियतालाई पनि नयाँ दिशा दिएको छ। येशूको बलिदानले देखाएको बाटो मेरो लागि मात्र होइन, संसारभरि उत्पीडित जाति समुदाय बर्ग र क्षेत्रका जनताका आवाज बिहीनहरूको लागि आशाको उज्यालो दिने प्रकाश भन्ने कुराको महसुस गरेर अगाडि बढ्ने र इमानदार काम गर्ने प्रेरणा मिलेको छ ।
नेपालमा ख्रीष्टियन धर्म सन् १७५० तिर युरोपेली मिशनरीहरूको माध्यमबाट प्रवेश गरेको मानिन्छ। धर्मको विस्तारसँगै, ख्रीष्टियनहरूले ख्रिष्टमस, गुड फ्राइडे, पाम सण्डे, इष्टरजस्ता पर्वहरू मनाउन थालेका हुन्। यसरी नेपालमा पनि ख्रिष्टमस, गुड फ्राइडे, पाम सण्डे, इष्टर इसाई समुदायमा विशेष प्रार्थना, गीत-सङ्गीत, र मेलमिलापको दिनको रूपमा मनाइन्छ।
बाइबलले पुनरुत्थान र बलिदानको महत्व धेरै स्थानमा उल्लेख गरेको छ। बाइबलमा यशैया ५३:५ मा यसरी उल्लेख छ “तर उहाँ हाम्रा अपराधहरूको लागि घाइते हुनु भयो, हाम्रा अधर्महरूका लागि दु:ख भोग्नु भयो। हाम्रो शान्तिको दण्ड उहाँमाथि पर्यो, र उहाँका कोराले हामी निको भयौँ।”यसरी येशूको दुःख र पीडा मृत्युलाई आत्मिक मुक्ति र शान्तिको प्रतीकको रूपमा हेर्नु बाइबलको दृष्टिकोण हो।
यसैगरी रोमी ५:८ मा लेखिएको छ: “तर परमेश्वरले हामीतर्फको उहाँको प्रेम यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो लागि मर्नुभयो।” पुनरुत्थान र बलिदानको सन्देश पाप, निराशा र मृत्युबाट मुक्ति दिलाउँछ भन्ने विश्वास हो ।
येशू ख्रीष्टको पुनरुत्थान धार्मिक सत्यता सङसङै सामाजिक रूपान्तरणको प्रेरणाको स्रोत पनि हो। सामरियामा सामरिक जातीमा हुने भेदभावका विरुद्ध उहाँले सामारी स्त्रीको हात बाट पानी पिउनु भो र विभेद तोडनु भो हामी नेपाली समाजमा रहेको जातीय धार्मिक विभेदको अन्त्यमा उहाँको शिक्षाले जातीय सद्भाव, सामाजिक न्याय र प्रेममा आधारित राष्ट्र निर्माणको सपना साकार बनाउने सकारात्मक सङ्घर्षमा एक महत्त्वपूर्ण भूमिका खेलेको छ र खेल्नेछ।
मैले इमानदार पूर्वक भन्नपर्दा जतिखेर बाट मैले येशुको शिक्षामा म हुर्कन थाले सत्यता, धार्मिकता, इमानदारीता, नम्रता, प्रतिबद्धता, सङ्घर्ष, पाप र अन्यायको विरुद्ध उभिनु, र उत्पीडित जातीय समुदायको पक्षमा आवाज उठाउँदै अगाडि बढ्ने प्रेरणा मिलेको हो ।
यसरी येशू ख्रीष्टको पुनरुत्थानले संसारलाई प्रेम, क्षमा, न्याय र आशाको अमूल्य सन्देश दिएको छ। उहाँको बलिदानले धर्म, जात, राष्ट्र वा वर्गभन्दा माथि उठेर सम्पूर्ण मानवजातिको मुक्ति र एकताको मार्गमा रहेर जीवनको सबै अँध्यारो मोडहरूमा उज्यालो देखाउने प्रेरणा दिएको छ। यसैले, गुड फ्राइडे र इष्टर केवल पर्व मात्र होइन, संसारमा मानवका लागि आत्मिक रूपान्तरण र समर्पणको पर्व हो सबैले मनन गरौँ ।
लेखक:
दलमर्दन कमी
(प्रकाशित लेख लेखकको आफ्नो निजी विचार हो।)