परासी, ५ वैशाख । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको शिक्षण प्रक्रिया र प्रशासनिक संरचना निर्माण गर्दै आएको लिटिल एन्जेल्स हाई स्कूल, परासीले नवलपरासी मै पहिलो ISO मान्यता प्राप्त गर्ने प्रक्रियामा औपचारिक रूपमा प्रवेश गरेको छ।ISO का प्रतिनिधि नारायण दवाडीले ISO प्रक्रियाको प्रारम्भिक मान्यता स्वरूपको लोगो विद्यालयका प्राचार्य आचार्यलाई हस्तान्तरण गरेका छन । ISOचिन्ह प्रदान गदै दवाडीलेयस प्रक्रियाले शिक्षा प्रणालीमा थप पारदर्शिता, विश्वसनीयता र गुणस्तर ल्याउने विश्वास व्यक्त गरे ।
ISO प्रक्रिया कुनै एकदिने उपलब्धि होइन, यो एक शैक्षिक संस्कारको निर्माण भएको र यसले विद्यालयलाई अन्तर्राष्ट्रिय मापदण्डमा ढाल्न मद्दत गर्ने बताए । सो अवसरमा विद्यालयलाई प्रारम्भिक ISO लोगो हस्तान्तरण गरिएको छ, जसको आधारमा विद्यालयले आगामी तीन वर्षभित्र आवश्यक सम्पूर्ण मापदण्डहरू पूरा गर्दै पूर्ण ISO प्रमाणीकरण प्राप्त गर्ने लक्ष्य लिएको विद्यालयका प्राचार्य सुमन गाेपाल आर्चयले जानकारी दिए ।प्राचार्य सुमन गोपाल आचार्यले ISO प्रक्रियामा सामेल हुनु विद्यालयको दीर्घकालीन लक्ष्य र प्रतिबद्धताको हिस्सा रहेको बताउँदै आगामी एक वर्षभित्र सम्पूर्ण संरचना, प्रणाली र शैक्षिक प्रवाहलाई ISO मापदण्डअनुसार परिष्कृत गर्दै पूर्ण ISO प्रमाणीकरण प्राप्त गर्ने तयारी भइरहेको जानकारी दिए ।
जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख श्री भगौति यादवले यश चिन्हले विद्यालयको शैक्षिक गुणस्तर र विद्यालय प्रगति हुने जोड दिए ।उनले ISO चिन्हले यश जिल्लाको पहिचान र मान प्रतिष्ठान बढाएको बताए ।
कार्यक्रमकै अर्को विशेष पक्षमा, हालै सम्पन्न BLE मा ४.०० GPA ल्याएर विद्यालयको गौरव बढाउने कक्षा ८ की छात्रा सदिक्षा गुप्तालाई विद्यालयले नगद रु. १०,०००/- को चेक हस्तान्तरण गर्दै विशेष सम्मान प्रदान गरेको हो । सो अवसरमा उक्त छात्राको शैक्षिक अनुशासन, निरन्तर मेहनत र उत्कृष्ट नतिजालाई प्रेरणादायी उदाहरणको रूपमा प्रस्तुत गरिएको थियो ।
विद्यालयले आगामी दिनहरूमा पनि मेहनती र उदाहरणीय विद्यार्थीहरूलाई यस्तै सम्मानद्वारा प्रोत्साहन गर्ने योजना रहेको बताए । पारदर्शी प्रशासन र अन्तर्राष्ट्रिय स्तरको शिक्षालयमा रूपान्तरणतर्फको यात्रालाई थप सशक्त बनाएको बताउँदै लिटिल एन्जेल्स हाई स्कूल, परासी अब केवल स्थानीय स्तरमा होइन, देशैभर अन्तर्राष्ट्रिय गुणस्तरका आधारमा अघि बढिरहेको शिक्षालयका रूपमा स्थापित हुँदै गएको स्पष्ट संकेत भएको अध्यक्ष सुमन गोपाल आचार्यले बताए ।
परासीमा२०३७ सालमा स्थापना भएको थियो । यस विद्यालयमा एक हजार चार सय ५० विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।