रौतहट, ३१ चैत । रौतहट सहित तराई मधेशका जिल्लाहरूमा शनिवार हनुमान जयन्ती धूमधामका साथ मनाइएको छ ।
सनातन हिन्दु धर्ममा चैत महिना सबै भन्दा उत्तम र महत्त्वपूर्ण मानिन्छन् यो महिना हिन्दुहरू नव वर्ष, एकादशी,चैत नवरात्रि जस्तो पर्व मनाउने गर्दछन् । धार्मिक ग्रन्थ अनुसार चैत महिनाको पूर्णिमा तिथिमा बलबुद्धीका ज्ञाता बजरंगबलीको जन्म भएकोले हरेक वर्ष यो पर्व मनाउने गर्दछन् ।
यसैबिच रौतहटको मध्यभाग कटहरिया नगरपालिका, गौर नगरपालिका, गरुडा नगरपालिका, राजदेवी नगरपालिकामा हनुमान जयन्तीको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको हो । हनुमान जयन्तीको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदै आएको स्थानीयहरूले बताए ।
हनुमान जयन्तीको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा जागरण मण्डलीद्वारा विभिन्न देवी देवताको झाकीहरु प्रस्तुत गरेका थिए ।
हनुमान जयन्तीको अवसरमा आफनो कुरा राख्दै नगर प्रमुख शम्भु साहले यस्ता पर्वले समाजमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम गर्न अभिप्रेरित गर्ने बताए ।
सनातन धर्ममा सबै जातजाती मिलेर सामूहिक रूपमा यस्ता किसिमका कार्यक्रम गरे समाज रूपान्तरणमा कुनै कमी न हुने बिश्वास व्यक्त गरे। सो अवसरमा गाउँका स्थानीय भद्रभलाद्मी बुद्धिजीवी र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।