शनिबार ०६ बैशाख, २०८२

नेपाली समय

राजतन्त्र कि गणतन्त्र ?

राजतन्त्र कि गणतन्त्र ?

२०७९ फागुन ७ गते झापामा ज्ञानेन्द्र शाहको उपस्थितिमा आफ्नो अभियानको उद्घाटन गरेपछि फुर्किएका दुर्गा प्रसाईँले हप्तादिनपछि नै बल्खुमा राजसंस्था पुनर्स्थापना गर्ने भन्दै हजारौँको भिड जम्मा गरे । जसको तयारीको क्रममै विभिन्न नेता तथा ब्यावसायीहरूको भ्रष्टताको भण्डाफोर गर्दै जाने क्रममा ‘केपी ओलीको कम्वोडियामा लगानी रहेको’ कुरा चुहाएपछि रिसाएका महेश बस्नेतले युवासंघको नाममा त्यही दिनमा शक्ति प्रदर्शन गर्ने घोषणा ग¥यो र नचाहँदा नचाहँदै पनि ‘युवा सङ्घ भर्सेज दुर्गा प्रसाईँ’ बन्न पुग्यो । त्यो दिनदेखि दुर्गा प्रसाईँले आफूलाई केन्द्रमा राख्दै देश, जनता जनाधिकार प्रतिकुल हुनेगरि विभिन्न पार्टीहरू विरुद्ध अराजक गतिविधि पस्कँदै आए । जसलाई उनी देश जनता बचाउने अभियान भन्न रुचाउँछन् ।

आरम्भ,

युवाहरू वर्तमान सत्तासँग असन्तुष्ट पोख्ने विविध अभियान चलाइरहेका छन् । गत फागुन २५ गते ज्ञानेन्द्र शाह पोखराबाट फर्कँदा जम्मा भएको भिडको सहानुभूति प्राप्त गर्न महानगरले तोकेको जरिवाना शुल्क तिर्न राप्रपा गएपछि राजावादीहरूको उछिन पाछिनको राजनीति सतहमा आयो । तत्काल उक्त स्वागत समारोहको उद्घोषणकर्ता दुर्गा प्रसाईँले “तीनवर्षदेखि अर्काले तयार गरेको अभियानमा हिरो बन्न आएको !” भन्दै दनक दिए । अर्कोतिर केशरवहादुर जस्ता अवसर छोप्न सिपालु मण्डले दुर्गा र राजेन्द्र लिङदेनबीच व्यक्तित्वको टकराब चलिरहेकै बेलामा राजावादी अभियान चलाउने र त्यसको हिरो आफू बन्ने दाउमा थिए । तर २०८१ फागुन २९ गते घोषणा भएको राजसंस्था पुनर्स्थापना सङ्घर्ष समितिको संयोजकमा इतिहासको रक्षानमा हराइसकेका नवराज सुवेदीलाई संयोजक तोकियो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्री बन्ने सपनामा पनि नचिताएका तर, महत्त्वाकाङ्क्षाले टपक्कै ¥याल चुहाएका कमल थापा, राजेन्द्र लिङदेन, दुर्गा प्रसाईँ, केशरवहादुर विष्ट जस्ता खेलाडीहरू राजतन्त्रको पुनर्स्थापना पछि आफूलाई प्रधानमन्त्रीको आकाङ्क्षी सम्झन थाले । तर ज्ञानेन्द्र शाहले नवराज सुवेदीलाई संयोजक बनाएपछि जिल्लिए । सधैँ आफूलाई केन्द्रमा राख्दै एकले अर्काको अस्तित्व स्विकार्न नसकेका मण्डलेहरूले विना योगदान टुसुक्क ल्याइदिएका नवराजलाई कसरी मानुन् ? र आफू उक्त समितिमा नरहेको वक्तव्य धमाधम दिनथाले । 

२०७९ फागुन ७ गते झापामा ज्ञानेन्द्र शाहको उपस्थितिमा आफ्नो अभियानको उद्घाटन गरेपछि फुर्किएका दुर्गा प्रसाईँले हप्तादिनपछि नै बल्खुमा राजसंस्था पुनर्स्थापना गर्ने भन्दै हजारौँको भिड जम्मा गरे । जसको तयारीको क्रममै विभिन्न नेता तथा ब्यावसायीहरूको भ्रष्टताको भण्डाफोर गर्दै जाने क्रममा ‘केपी ओलीको कम्वोडियामा लगानी रहेको’ कुरा चुहाएपछि रिसाएका महेश बस्नेतले युवासंघको नाममा त्यही दिनमा शक्ति प्रदर्शन गर्ने घोषणा ग¥यो र नचाहँदा नचाहँदै पनि ‘युवा सङ्घ भर्सेज दुर्गा प्रसाईँ’ बन्न पुग्यो । त्यो दिनदेखि दुर्गा प्रसाईँले आफूलाई केन्द्रमा राख्दै देश, जनता जनाधिकार प्रतिकुल हुनेगरि विभिन्न पार्टीहरू विरुद्ध अराजक गतिविधि पस्कँदै आए । जसलाई उनी देश जनता बचाउने अभियान भन्न रुचाउँछन् ।

समाजमा विद्यमान विकृति र विसङ्गतिको विरुद्ध असन्तुष्टि पोख्नु, सुधार वा रूपान्तरणको विधिद्वारा सामाजिक उन्नति प्रगतिको कामना गर्नु अन्यथा होइन । तर ठोस वस्तुको ठोस विश्लेषणको कमी हुँदा ‘टाउकाको ओखती नाइटोमा’ हुन जान्छ, र समाधान दिँदैन । समस्याको उत्थान र निवारणको वैज्ञानिक विश्लेषण बिना गरिएको आवेग र उत्तेजनामा गरिएको राजनीतिक निर्णयले वर्तमान परिपेक्षमा राजतन्त्रको परिचर्चा पनि यही गलत र असत्य विश्लेषणको परिणति मान्न सकिन्छ ।

राजावादीहरूको माग र अभीष्ट के ?

वैदेशिक ऋणकै सवाल पनि राजतन्त्रको पालामा राजपरिवार र नजिकका आफन्तहरूले दुरुपयोग गर्ने खरबौँ रकम सङ्घीयता सहितको गणतन्त्रले गाउँ समाजको मुहार फेर्नको निम्ति सदुपयोग गरेको देख्न सकिन्छ । के यसो गर्नु देश कमजोर बनाउनु हो ?

गणतन्त्रमाथि राजावादीहरूले लगाउने मुख्य आरोप ‘कल कारखाना बेचेर युवा विदेश पठाएको,’ दोस्रो ‘संस्कार संस्कृति र धर्म बेचेको,’ तेस्रो ‘ जाति जातिको कुरा उछालेर समाज भाँडेको,’ चौथो ‘सङ्घीयता मार्फत देशको व्ययभार थपेर वैदेशिक ऋण थपेको’ जस्ता आरोपको ओइरो लगाइरहेका छन् । तर नेपाली समाजलाई २० वा २५ वर्ष अगाडिको अवस्था देख्नेहरू कसैले यस्ता फत्तुर पत्याउँदैनन् ।

किनकि नेपाली राजनीतिको बिना पूर्वाग्रह चिन्तन गर्ने हरेकलाई थाहा छ, कलकारखाना गणतन्त्र आएपछि होइन राजतन्त्रकै पालामा बेचिसकिएको थियो । बरु गणतन्त्र आएपछि बाँकी कारखानाहरू जोगिएका छन् । धर्मसंस्कृति र भाषा कला साहित्यको सवालमा पनि विगतको तुलनामा गणतन्त्रले धेरै रक्षा गरेको देखिन्छ । राजतन्त्रले भग्नावशेष बनाएका देशभरका मन्दिरहरू जीर्णोद्धार गरिएका छन् हजारौँ मूर्तिहरू विदेशबाट फिर्ता ल्याइएको छ । सरकारी तथा गुठीका हजारौँ रोपनि जमिन व्यक्तिको नामबाट राज्यकै नाममा ल्याइएको छ । 

अर्थात् राजतन्त्रको तुलनामा गणतन्त्रले देशको हरेक विषयवस्तुको रक्षा गर्दै यहाँका जनतालाई नागरिक बनाएर रैतीबाट मालिक बनाएको खुल्ला आँखाले देख्न सकिन्छ । वैदेशिक ऋणकै सवाल पनि राजतन्त्रको पालामा राजपरिवार र नजिकका आफन्तहरूले दुरुपयोग गर्ने खरबौँ रकम सङ्घीयता सहितको गणतन्त्रले गाउँ समाजको मुहार फेर्नको निम्ति सदुपयोग गरेको देख्न सकिन्छ । के यसो गर्नु देश कमजोर बनाउनु हो ?

यद्यपि प्रतिगामी तथा विभिन्न थरीका प्रतिकृयावादीहरू देश डुबाएरै सिध्याएको आरोप किन लगाइरहन्छन् ? के उनीहरूले सरकारी तथ्याङ्क हेर्न नजाने पनि जीवनको तथ्य हेर्ने आँखा त नछेक्नुपर्ने हो ! आफ्नै छोराको उमेरमा आफू के गर्दै थिएँ सम्झनुपर्ने हो ! सदरमुकाम आइपुग्न सातुसामल बोकेर आएको सम्झनुपर्ने हो । राजधानी आइपुग्न आमाको हातबाट दहिसगुन लिएर आँसु झर्दै बाटो लागेको सम्झिउँं । केवल नेताले मात्र खायो, नेताका सन्तानमात्र विदेश पुग्यो भन्दै गर्दा करेसा ननाघेका आफ्ना छोरा नातिहरू युरोप अमेरीका पुगेको पनि सम्झउँ । 

देशी विदेशी प्रतिकृयावादीरूलाई देश विकास नभएकोमा चित्त दुखाई होइन, देश विकास भएकोमा चित्त दुखाई हो । उनीहरूलाई जनताका सन्ततिले दुःख पाएकोमा चित्त दुखाई होइन, सुख पाएकोमा चित्त दुखाई हो । देश नबनेकोमा चित्तदुखाई होइन, देश बनेकोमा चित्तदुखाई हो । यो तथ्य सर्वसाधारण खासगरि जाति जनजातिहरूले नबुझ्नु, अझ उनीहरू नै राजा ल्याएपछि आफ्नो अधिकार जोगिने अपेक्षा गरिटोपल्नु बडो दुखद् विषय हो ।

असन्तोषको उपचार के ?

राज्यकोषको रकम हिजो राजपरिवारले मनलाग्दी दान दक्षिणा र बकसमा खर्च गर्थे । आज त्यही रकम समाजको निम्ति समाजले योजना बनाएर खर्च गर्न पाउने बनाएको छ । र दीर्घकालसम्मको लागि करोडौँ अवयवका अवसर सिर्जना गरिएको छ । तर युवाहरू यसलाई नजरअन्दाज गर्दै नेताहरूले केवल बिगारेको भनिटोपल्छन् ।

राजतन्त्रको समाप्तिसँगै जातीय विभेद राजतन्त्रको तुलनामा ८० प्रतिशत घटेर २० प्रतिशतमा आइपुगेको छ । तर युवाहरू गणतन्त्रले हटाउन बाँकी २० प्रतिशत घटाउन योगदान नगरी बिना तथ्य, बिना तर्क लोकतन्त्र ल्याउन रगत पसिना बगाउने नेता कार्यकर्तामाथि सत्तोसराप गर्न पाउँदा आफूmले देशको निम्ति महान् कार्य गरेको सम्झन्छन् । राजतन्त्र समाप्त पारेकै कारणले विभेद बाँकी रहेको वा माओवादीकै कारणले ‘दलित’ शब्द संविधानमा राखेर दलन सुरु गरेको ! लोकतन्त्र वा गणतन्त्र आएकै कारणले भ्रष्टाचार अनियमितता र कालाबजारीयाको थालनी भएको ! जस्ता आरोप लगाउँछन् । जवकिः हटिसकेको दलन चाहिँ माओवादीको योगदान नभई समयले हटाएको भन्छन् ।

विगतमा वर्ग जन्मने श्रोत नै जातीय आधारमा थियो, किनकि यो जातले यो गर्न पाउने, त्यो जातले त्यो गर्न नपाउने सामाजिक वन्धन थियो । जसको कारणले राज्यका हरेक निकायमा ब्राह्मण क्षेत्री बाहेक अन्य समुदायको उपस्थिति शून्य बरावरै थियो । आर्थिक असमानताका अवयवहरू घटाउँदै समानुपातिक समावेशीता मार्फत राज्यमा सबैको समतामूलक सहभागिताको प्रसङ्ग सयौँ माध्यम मिलाइएको छ । तर सङ्घीयता, समानुपातिक समावेशिताको परिणामतः प्राप्त अवसरहरू चाहिँ समयले ल्याएको भन्छ भने विविध कारणबाट उन्नत अवसरको खोजीमा बिदेसिएका चाहिँ लोकतन्त्रले पठाएको भनिटोपल्छन् ।

विगतमा तमाम गाउँ गाउँको कुरै छोडौँ, देशको सबैभन्दा सुगम र पौराणिक विरासत बोकेको उपत्यकाका तीन नगरपालिकाको समेत आफ्नै भवन थिएन । तर, हाल दूर दराजका गाउँ गाउँमा समेत पालिकाको होइन, वडा वडाको भव्य महलहरूबाट प्रशासन चलाइरहेका छन् । राज्यकोषको रकम हिजो राजपरिवारले मनलाग्दी दान दक्षिणा र बकसमा खर्च गर्थे । आज त्यही रकम समाजको निम्ति समाजले योजना बनाएर खर्च गर्न पाउने बनाएको छ । र दीर्घकालसम्मको लागि करोडौँ अवयवका अवसर सिर्जना गरिएको छ । तर युवाहरू यसलाई नजरअन्दाज गर्दै नेताहरूले केवल बिगारेको भनिटोपल्छन् ।

सार्वजनिक भवनहरू, पुल पुलेसा र बाटोघाटोहरू अनगिन्ती विस्तार भएको छ । स्कुल कलेज, स्वास्थचौकी र अस्पतालहरू बग्रेल्ती निर्माण भएका छन् । हरेकको स्तर उन्नती र भौतिक श्रोत साधनले सम्पन्न बनाएर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको बनाएको छ । देश र जनतामा आएको रूपान्तरणमा महान् जनयुद्ध, लोकतान्त्रिक आन्दोलन, लोकतन्त्र गणतन्त्र सङ्घीयता, धर्मनिरपेक्षता आदि राजनीतिक, सैद्धान्तिक वा नीतिगत कुनै प्रकारको भूमिका नभएको भ्रम फैलाउँछन् । नेताहरूले सङ्घीयता मार्फत नाता गोता र आसेपासेलाई जागिर खुवाएर राज्यदोहन र ब्रम्हलूट मात्र गरेको भनिटोपल्छन् । युवाहरू देशको समग्र रूपान्तरण समयले नै ल्याएको नेता कार्यकर्ता र पार्टीहरूले केही नगरेको मान्छन् । त्यसैले हजारौँ राजा पाल्नु भन्दा एउटै राजा पाल्नु बेस भन्ने निष्कर्ष ओकलिरहेकाछन् ।

विकल्प अग्रगमन कि प्रतिगमन ?

‘तातै खाऊँ जल्दी मरौँ’ संस्कृतिले युवाहरूको मनस्थिति हरेक सवालमा ‘सटकट’ खोजिरहेका छन् । परिणामतः उनीहरू गहकिला पुस्तकहरूको अध्ययन र अनुसन्धान गर्दैनन्, पत्र पत्रिकाको यथार्थपरक लेखहरू हेर्न रुचाउँदैनन्, दर्शन र ज्ञान विज्ञान पढ्न पढाउन त झ्याउ नै मान्छन् । फेसबुक र सामाजिक सञ्जालका सतही टीकाटिप्पणी खोज्दै बिकाऊ कुतर्कहरूको गुजुल्टोद्वारा शोषकहरूको ढाँटखेती सपार्न पुग्छन् । फलतः असत्यको छायाँमुनी सत्यले श्वास थुनेर जिउनु परेको छ । विकाश समयले होइन अग्रगामी चेतनासहितको सुशासनले गर्ने हो !

जब हरेक निकाय सृजनशील बहस र छलफल होइन, केवल हुकुम प्रमाङ्गीको आशा गरिन्छ, त्यस्तो ठाउँमा नवनिर्माण र उन्नति र प्रगतिको अपेक्षा कसरी गर्न सकिन्छ ? प्रतिस्पर्धात्मक गतिशीलताको अपेक्षा कसरी गर्न सकिन्छ ? जब प्रतिस्पर्धा समाजवाद निषेध हुन्छ तब सामाजिक आवश्यकता पूर्तिको लाखौँ अवयवहरू शक्तिको श्रोत दाहिना भएका एकाध माफियाहरूको मनमानी हुन जान्छ । त्यसले सिर्जना गर्ने सामाजिक अकर्मण्यताले सामाजिक विद्वेष पैदा गराउँदै विद्रोह सल्कनथाल्छ । जसलाई दरबार वा पहुँचवालाहरूले आफ्नो विरुद्धको साजिस सम्झन्छ, न्याय कानूनले जनताको रक्षा गर्दैन, बल्की शक्ति सम्पन्नहरूको खेलौना बन्न पुग्छ र सामाजिक असन्तुष्टि व्यक्त गर्ने जो कोही माथि पनि उक्त हतियारको दुरुपयोग नियमित दिनचर्या बन्नेछ । के वर्तमान राजावादीहरूले खोजेको यही हो ?

त्यसैले आजका युवाहरू बनावटी तर्कको आधारमा आफ्नो धारणा निर्माण नगरी इतिहासको अध्ययन र वर्तमानको आवश्यकता पहिचान गरी गम्भीर योजना निर्माणमा आफ्नो शक्ति र सामर्थ्य खर्चनु जरुरी छ । तर तथ्यको आधारमा सत्य खोज्ने, सत्यको सकारात्मक प्रयोगद्वारा देश दुनियाँ सिँगार्ने अचेलका युवाहरूमा फुर्सद छैन । ‘तातै खाऊँ जल्दी मरौँ’ संस्कृतिले युवाहरूको मनस्थिति हरेक सवालमा ‘सटकट’ खोजिरहेका छन् । परिणामतः उनीहरू गहकिला पुस्तकहरूको अध्ययन र अनुसन्धान गर्दैनन्, पत्र पत्रिकाको यथार्थपरक लेखहरू हेर्न रुचाउँदैनन्, दर्शन र ज्ञान विज्ञान पढ्न पढाउन त झ्याउ नै मान्छन् । फेसबुक र सामाजिक सञ्जालका सतही टीकाटिप्पणी खोज्दै बिकाऊ कुतर्कहरूको गुजुल्टोद्वारा शोषकहरूको ढाँटखेती सपार्न पुग्छन् । फलतः असत्यको छायाँमुनी सत्यले श्वास थुनेर जिउनु परेको छ । विकाश समयले होइन अग्रगामी चेतनासहितको सुशासनले गर्ने हो !

राजा आएपछि विकाशको गतिमा यो भन्दा द्रुतता आउँछ ? यदि आउने हो भने २३८ वर्षको राजतन्त्रले एउटै मन्दिर, एउटै पनि पुरातात्त्विक धरोहर किन बनाउन सकेनन् ? बाटोघाटो, पानी बिजुली, सडक यातायात, शिक्षा स्वास्थ्य, रोजीरोटी र रहनसहन किन मध्ययुगीन पिछडापनको सिकार बनिरहन बाध्य भयो ? यदि समयले नै सबै विकासको मार्ग देखाउने भए २३८ वर्ष चाहिँ समय होइन ? के त्यतिखेरका मान्छेहरूलाई बाटोघाटो पुल पुलेसा चाहिन्नथ्यो ? यातायात शिक्षा स्वास्थ्य र अन्य सुविधा चाहिन्नथ्यो ? चाहिन्थ्यो भने त्यतिखेरका सत्ताधारीले किन बनाएन ? समयले किन बनाएन ? 

बिग्रियो भनेको चाहिँ के हो ? के राजतन्त्रको पुनर्स्थापनापछि श्रमिकले श्रम गर्न नपर्ने, शिक्षकले पढाउन नपर्ने, व्यापारीले बेच्न नपर्ने, लगानीकर्ताले लगानी गर्न नपर्ने, उद्योगीले ब्यावसाय गर्न नपर्ने, कर्मचारीले हाजिर गरे पुग्ने, पार्टी र सरकारले ‘छु मन्तर’ गरेपछि फटाफट नोट वर्षा भएर घरघरमा धनधान्य हुन्छ ? प्रशासनिक अराजकता, राजनीतिक अस्थिरता रातारात छु मन्तर हुन्छ ? कालाबजारीया, भ्रष्ट, तस्कर, माफियाको एकलौटी राज रातारात मेटिन्छ ? पक्कै मेटिँदैन ।

ग्राम्वेलले ग्रामोफोन बनाएको १७० वर्ष पछि नेपालमा फोन छि¥यो । त्यही फोन सार्वजनिक प्रयोजनको निम्ति अर्को २५–३० वर्ष कुर्नु प¥यो । बेलायतमा छापाखाना बनेको २५० वर्ष पछि मात्र नेपालमा छापाखाना पस्यो । जर्मनमा बनेको साइकल नेपाल सम्म आईपुग्न करिब २०० वर्ष कुर्नुप¥यो । जर्मन बेलायत र अमेरीका घुम्दै जापानमा बनेको मोटरसाइकल नेपाल भित्रिन करिब ७० वर्ष कुर्नुप¥यो । विज्ञान प्रविधि, यातायात, सूचना सञ्चार, साना तथा मझौला उद्योगहरू, कृषि सामग्री लगायत अनेर्कौ विषयमा हेर्न सकिन्छ । विश्वले उपभोग गर्दै धुजा धुजा हुँदा समेत नेपाल र नेपालीले उपभोग गर्न पाएको थिएन । तर लोकतन्त्र आएपछि यहाँ आएको स्वतन्त्र अर्थनीतिले नयाँ दिशा पक्रियो र विविध प्रकारका अन्तर्राष्ट्रिय उत्पादनहरू द्रूत रूपमा नेपालीले उपभोग गर्न पाइएको छ । जसको प्रतिफल वस्तु उत्पादन, उपभोग र व्यक्तिगत रहनसहनमा समेत प्रत्यक्ष देख्न सकिन्छ, तैपनि युवाहरू नेताहरूले देश बिगारेको भनिरहन्छन् । 

देश र नागरिकहरू रणभूल्लमा छन् .... उनीहरूले बनाउँदा चाहिँ कस्तो बनाउँछन् ? बिग्रियो भनेको चाहिँ के हो ? के राजतन्त्रको पुनर्स्थापनापछि श्रमिकले श्रम गर्न नपर्ने, शिक्षकले पढाउन नपर्ने, व्यापारीले बेच्न नपर्ने, लगानीकर्ताले लगानी गर्न नपर्ने, उद्योगीले ब्यावसाय गर्न नपर्ने, कर्मचारीले हाजिर गरे पुग्ने, पार्टी र सरकारले ‘छु मन्तर’ गरेपछि फटाफट नोट वर्षा भएर घरघरमा धनधान्य हुन्छ ? प्रशासनिक अराजकता, राजनीतिक अस्थिरता रातारात छु मन्तर हुन्छ ? कालाबजारीया, भ्रष्ट, तस्कर, माफियाको एकलौटी राज रातारात मेटिन्छ ? पक्कै मेटिँदैन । बरु इतिहास हेर्दा थाहा लाग्छ आजको तुलनामा सयौँ गुणा बढ्छ, विकासको निकास घट्छ । 

र अन्तमा ....

जे जति ३० वर्ष अगाडि ४० सूत्रीय मागको रूपमा प्रस्तुत गर्दै जीवन मरणको सङ्घर्षका विविध चरण पार गर्दै आजसम्म आउँदा उक्त बेलामा उठाइएका मागहरूको ८० प्रतिशत पुरा भएको आभाष मिल्छ । तर आफूले नेपाली परिवर्तनकामी आन्दोलनमा सिन्को भाँच्न नसकेपछिको कुण्ठा पोख्न, सरकार वाट निस्कनुको पीडा पोख्न व्यक्त गरिएको निराशाको शब्दहरूलाई वर्तमान युवाहरूले भजाउँदैमा राजतन्त्र पवित्र बन्न सक्दैन ।

त्यसैले देशको व्यवस्थासँग आक्रोशित युवाहरू जोशमा होइन होसमा कदम चलाउ...! सरकार सत्ता, व्यवस्था वा अन्य नीति, योजना र कार्यक्रममा समस्या देखा परेमा सुधार्ने व्यवस्था लोकतन्त्रले विद्यमान राखेको छ । तर एउटा खान्दानमा जन्मेकै आधारमा अधिपति बन्ने व्यवस्थामा सुधारको कुनै गुञ्जायस नै हुँदैन किनकि उ त जन्मसिद्ध अधिपति हो, उनमाथि कसी लाउने को ? राजतन्त्रले ल्याउने संस्कार छलफल र विचार विमर्शको होइन, आदेश परमादेश र हुकुमको हो, जसलाई जति चुनिएका वा मनोनित गरिएका जो सुकै गए पनि कुनै विषयमा सल्लाह गर्न होइन माथिल्लाको हुकुम तामेली गर्न जान्छन् । जस्तै महाराजको हुकुम स्थायी परिषद्काले, स्थायी परिषद्काको हुकुम प्रधानमन्त्री वा मन्त्री मण्डलले, त्यसको हुकुम संसदले, त्यसको पनि हुकुम तत् तत् निकायका मानिसहरूले तामेली गर्ने मात्र हो, नयाँ योजना, नयाँ कार्यक्रम, मौलिक सृजनशील उन्नतिको कुनै द्वार त्यहाँ पाइँदैन । अनि कसरी हुन्छ देशको विकाश ?

वास्तवमा देश डुबेको यथार्थ आजको होइन राजतन्त्रकालमै हो, जसको सङ्गठित आवाज २०५२ अगाडि र पछाडि माओवादीले उठाएका हुन् । भ्रष्टाचार, अनियमितता, माफियातन्त्र र तस्करको सवाल माओवादीले आज भन्दा तीसवर्ष अगाडि उठाएका हुन् । राजनीतिक अस्थिरता र प्रशासनिक अराजकता माओवादीले उठाएको हो । वैदेशिक ऋण र युवा पलायन तीस वर्ष अगाडि माओवादीले नै उठाएको हो । जे जति ३० वर्ष अगाडि ४० सूत्रीय मागको रूपमा प्रस्तुत गर्दै जीवन मरणको सङ्घर्षका विविध चरण पार गर्दै आजसम्म आउँदा उक्त बेलामा उठाइएका मागहरूको ८० प्रतिशत पुरा भएको आभाष मिल्छ । तर आफूले नेपाली परिवर्तनकामी आन्दोलनमा सिन्को भाँच्न नसकेपछिको कुण्ठा पोख्न, सरकार वाट निस्कनुको पीडा पोख्न व्यक्त गरिएको निराशाको शब्दहरूलाई वर्तमान युवाहरूले भजाउँदैमा राजतन्त्र पवित्र बन्न सक्दैन । 

यदि सरकारको विविध कमजोरीको परिणाम निराश भएका युवाहरूले सरकारी कमजोरी हटाउन चाहेका हुन् भने ०८४ को निर्वाचनमा दलाल तथा नोकरशाहका रक्षक, तस्कर माफिया र सुदखोरका रक्षक एमाले काँग्रेसलाई हराएर क्रान्ति र परिवर्तनका बहाकलाई जिताउने हो । तिर्खा लाग्यो भन्दै विष पिउने होइन । 

धन्यवाद २०८१–१२–२९ 

-श्रीराम खाईजु

    (भक्तपुर)

(प्रकाशित लेख: लेखकको निजी विचार हो। )​​​​​​​